भारतको उत्तराखण्डस्थित बद्री -केदार धाममा बाढीले मच्चायो बितण्डा...(भिडियोसहित)
६ असार, एजेन्सी । भारतको उत्तराखण्डमा बाढीले निकै ठुलो क्षति गरेको छ । भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा वर्षासंगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १५६ पुगेको छ । उत्तराखण्डको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी हजारौ बेपत्ता भएका छन् भने लाखौँ विस्थापित भएका छन् ।
चार धाम यात्राका लागि गएका ७० हजार यात्रु विभिन्न स्थानमा फसेका छन् । बाढी र पहिरोले अधिकांश क्षेत्रमा संचार सर्म्पक टुटेको छ । उत्तराखण्डको बाढी प्रभावित क्षेत्रमा सेनाहरूले हेलिकप्टरबाट उद्धार कार्य तीव्र बनाएका छन् तर यति ठुलो मात्रामा मानिहसरू फसेका छन् कि सेनालाई समेत उद्धार कार्यमा कठिनाई भइरहेको छ ।