१२ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं १ मा आफ्नो पार्टीले चुनाव जितिसकेको भन्दै मतदाता र उम्मेद्वारलाई अगि्रम वधाइ दिनुभएको छ । काठमाडौं १ मा प्रचण्डकी छोरी रेणु दाहाल एमाओवादीतर्फबाट उम्मेद्वार हुनुहुन्छ ।
‘राजनीतिक भूकम्पको केन्द्र नयाँ वानेश्वरका बासिन्दालाई अगि्रम बधाइ छ, तपाईहरुको यो उपस्थिति हेर्दा हामीले चुनाव जितिसक्यौं ।’ छोरीको चुनाव क्षेत्रअन्तरगत नयाँ बानेश्वर चोकमा मंगलबार बिहान आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाजुरादेखि ताप्लेजुङसम्म भ्रमण गरेको बताउँदै देशैभरि एमाओवादीको लहर आइसकेको र आफ्नो पार्टीले जितिसकेको दाबी गर्नुभयो । ‘कांग्रेस र एमालेका नेताहरु आफ्नै चुनाव क्षेत्रमा मात्रै सीमित छन्, म कस्तो छु भने राष्ट्रकै नेता भएकाले २ सय ४० वटै चुनाव क्षेत्रको उम्मेद्वारजस्तो भएको छु ।’ उहाँले भन्नुभयो, -मैले बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली कञ्चनपुर, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा र मधेसका धेरै जिल्लामा घुमिसकें, देशैभरि एमाओवादीको पक्षमा लहर आएको छ ।’
ज्ञानेन्द्र हत्यारा, एमाले धोकेबाज, कांग्रेस आफ्नै रुखले किचियो
नेपाली कांग्रेसले विगतमा बहुमत ल्याउँदा पनि देशको नेतृत्व गर्न नसकेको र आफ्नै रुखले किचिएर बहुमतको सरकार ढलेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका नेताहरुले रुक्माङगद कट्वाल प्रकरणमा आफूलाई रुखमा चढाएर फेद ढालेको आरोप लगाउनुभयो । ‘आफ्नै रुखले किचिने कांग्रेस र अर्कालाई माथि चढाएर फेल ढाल्ने एमालेजस्ता धोकेवाजले देशको नेतृत्व गर्न सक्दैनन् ।’ प्रचण्डले भन्नुभयो, मैले छिमेकी देशको चीन र भारतको भ्रमण गरेर अब देशको जिम्मेदारी (जिम्मेवारी) हामीले गर्छौं भनेको छु, हेटौडा महाधिवेशनले पनि देश हामीले जिम्मा लिने निर्णय गरेका छौं ।’
घोषणापत्रमा राष्ट्र नेताको संज्ञा दिइएका एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम लिँदै ‘हत्यारा’ शब्द प्रयोग गर्नुभयो ।
मधेसमा ५० सीट थप्ने दाबी
अघिल्लो संविधानसभामा मधेसमा थोरै मत आएका कारण पार्टीले बहुमत पुर्याउन नसकेको भन्दै उहाँले यसपालि मधेसबाट ५० सीट थपिने दाबी गर्नुभयो । जनताले इतिहासमा एकपटक एउटा दललाई अवसर दिने भन्दै कांग्रेस र एमालेले इतिहासमा त्यो अवसर पाइसकेको र अब देशको नेतृत्व गर्न नसक्ने प्रचण्डले दाबी गर्नुभयो ।
नयाँ बानेश्वर चोकको कृष्ण सदन छेउमा बनाइएको सानो मञ्चबाट निकै ठूलो भीडलाई सम्बोधन गर्दै आफूहरुले चुनाव नजिते संविधान नबन्ने र देशले मात्रै नभई भावी सन्ततीले समेत दुःख पाउने उहाँले बताउनुभयो । मञ्चमा एमाओवादी केन्द्रीय सदस्य उर्मिला अर्याल, पूर्वसभासद झक्कु सुवेदी, केन्द्रीय सदस्य चूडामणि खड्कालगायतको उपस्थिति थियो । विभिन्न ठाउँबाट नारा जुलुसका साम कार्यकर्ताहरु उपस्थित थिए । जुलुसमा केही डाक्टरहरुसमेत सेता लुगामा रेणु दाहालको व्यानर बोकेर सहभागी भएका थिए ।
मिडिया र निर्वाचन आयोगमाथि रेणुको आलोचना
यसैवीच सभालाई सम्बोधन गर्दै प्रचण्ड पुत्री रेणु दाहालले मिडिया र निर्वाचन आयोगलाई आलोचना गर्नुभयो । उहाँले आफ्ना प्रतिश्पर्धी दलहरुलाई वर्ग बैरी र दुश्मन को संज्ञा दिनुभयो । रंगीन भित्तेपात्रो र पोष्टर छापेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोमा उहाँले मञ्चबाटै आयोगलाई जवाफ दिँदै कांग्रेस र एमालेले प्रयोग गरेको रंगीन बोर्डहरु हटाउन आग्रह गर्नुभयो ।
एमाओवादी उम्मेद्वार दाहालले काठमाडौं क्षेत्र नं १ माओवादीमय बनेको बताउनुभयो । आफ्ना प्रत्यासी प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का जनताको समस्या समाधान नगरेकाले जनतामा आक्रोश रहेको रेणुले बताउनुभयो । आफूले चुनाव जितेको खण्डमा प्रकाशमानको गल्तीबाट पाठ सिक्दै काठमाडौं १ मा राष्ट्रिय योजनाहरु ल्याउने उहाँले आश्वासन दिनुभयो ।
मिडियाले आफ्नो बारेमा अनर्गल प्रचार गरेको आरोपसमेत लगाउनुभयो । दाहालको चुनावी सभामा आचारसंहिता विपरीत रंगीन पोष्टरहरु जतात्यतै टाँगिएको थियो । जुलुसमा सहभागीहरुले पनि त्यस्तै रंगीन ब्यानरहरु प्रयोग गरेका थिए । कार्यक्रममा करिब ३ हजार मानिसहरु विभिन्न दलबाट प्रवेश गरेको भन्दै केहीलाई प्रचण्डका हातबाट टीका लगाइएको थियो ।
७ कात्तिक, काठमाण्डौ । लामो समयदेखि पेटको क्यान्सरवाट पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । 

गत आइतबार नियमित परीक्षण गराउन गएका उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। अर्घाखाँचीमा १२ वर्ष चिकित्सका रुपमा सेवा गरेका उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।
चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।
१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उनको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
अधुरै रह्यो दुर्गम जिल्लामा बिरामीको सेवा गर्ने धोको
पेटको क्यान्सर उपचारका लागि खर्चको अभावले अमेरिका जान नसकी दिल्लीबाट काठमाडौं फर्किनुभएका डा।चित्रप्रसाद शर्मा वाग्लेले आफू निको भएको खण्डमा पहिले काम गरेको अर्घाखाँची अस्पतालभन्दा पनि दुर्गम जिल्लामा गएर जनताको सेवा गर्ने गत भदौमा अनलाईखबरलाई दिएको अन्तरवार्तामा बताउनुभएको थियो । राज्यले उपचार गरेन भने मृत्युको विकल्प नरहेको भन्दै उहाँले चितवनमा बसेर देवघाटका वृद्धवृद्धाको उपचारमा बाँकी जीवन खर्चिने इच्छा व्यक्त गर्नुभएको थियो ।
‘स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु ।’ मृत्युलाई नजिकबाट चिहाइरहनुभएका डा. शर्माको भनाइ थियो- ‘रहेको जीवनलाई यसै के राख्नु ?’
अनलाइनखबरको टोली शर्मालाई भेट्न धापासीस्थित डा. बाग्लेको घरमा पुग्दा गत भदौमा उहाँ दुःखाइ कम गर्ने औषधी मफिर्न खाएर बस्नुभएको थियो । त्यसबेला उहाँले परिवारको अवस्था सम्झेर आँशु खसाल्दै भन्नुभएको थियो-१२ वर्षको छोरा सुस्त मनस्थितिका छन् । सुरुमा मासिक साढे ६ हजारमा सुस्त मनस्थितिहरुको एउटा केन्द्रमा भर्ना गरिएको थियो । अहिले आफूलाई क्यान्सर भएपछि करिव १ महिनाअघि हात जोडेर डोनर खोजिएको छ । परिवारजन सम्झनासाथ गहभरि आँशु पार्दै डा. शर्माले अनलाइनखबरसँग त्यसबेला भन्नुभएको थियो ‘९ वर्षीया छोरी ४ कक्षामा पढि्छन्, ६ वर्षीया अर्की छोरी यूकेजीमा अध्ययनरत छिन् । मृत्युलाई मसहज रुपमा त लिन्छु । तर, केटाकेटी देखेपछि मेरो मन रुएर आउँछ ।’
सरकारी कर्मचारीलाई उपचार गर्न नदिई त्यत्तिकै मर्न दिने हो सरकारले गोली हानिदिए हुने उहाँको प्रतिक्रिया थियो ।सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् । गम्भीर हुँदै डा। वाग्लेले त्यसबेला अनलाइनखबरसँग भन्नुभएको थियो-त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दुखी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।
-
७ कात्तिक, धरान । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बहुमत पाए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गर्नु भएको छ ।
बिहीवार धरानको भानुचौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले देशको विकास हुन नसकेको भन्दै एमाओवादीलाई बहुमत दिन आग्रह गर्नु भयो । उहाँले अघिल्लो संविधानसभाबाट चार बर्षमा पनि संविधान बनाउन नसकेको जिम्मेवारी आफुले लिने बताउँदै अब त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो ।

एमाओवादीलाई बहुमत दिलाउन सहयोग गरे धरानमा विकासको मुल फुटाउने आश्वासन समेत दिनु भयो । स्थानीय निर्वाचनमा नगरपालिकाका मेयरका उम्मेदवारले दिने आश्वासन जस्तै गरी उहाँले धरानको खानेपानी समस्या समाधान गर्ने, धरानलाई पुर्वकै केन्द्रको रुपमा विकास गर्ने र धरानका सुकुम्बासीहरुलाई धनीपुर्जाको व्यवश्था गर्ने आश्वासन बाँडनु भयो ।
आमसभामा बोल्दै सुनसरी क्षेत्र नं १ बाट एमाओवादीका तर्फबाट प्रत्यक्ष तर्फको उमेदवार बन्नु भएका मुक्सामहाङ मेयाङवोले पनि आफुले जीते सुनसरी क्षेत्र नं. १ लाई पुर्वकै पर्यटकिय नाका बनाउने आश्वासन दिनु भयो । उहाँलेपनि धरानको खानेपानी, बसपार्क, सुकुम्बासी समस्या समधानको पहल गर्ने बताउनु भयो । प्रचण्ड आएको मौकामा एमाओवादीले विभिन्न पार्टीबाट आएका डेढ दर्जनलाई पार्टी प्रवेश गराएको छ । पार्टी प्रवेशको घोषणा गरिएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल लिम्बु संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङ र पत्रकार जसकुमार राई भने प्रचण्डको हातबाट टिका लगाउने कार्यक्रममा सहभागी थिएनन् ।
-
सिरहा, २५ साउन । (अपडेट-३) सिरहा जिल्लाको सारस्वर-२ मा स्थानीय दुई समुदायको झगडाले उग्ररुप लिएपछि स्थानीय प्रशासनले शुक्रबार दिउंसो २:४० बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । सारस्वर गाविसमा हिन्दु र मुस्लिम समूदायबीच झड्प हुँदा दुई जर्दन भन्दा बढी घाइते भएका छन् भने ९ घरमा आगलागी भएको हो ।

स्थानीय पत्रकार रामभरोसी महतोका अनुसार गएको सोमबार धनुषबाट सिरहाको चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबम महिला यात्रीहरुलाई स्थानीय मुस्लिम समुदायका युवाहरुले दुर्व्यवहार र आक्रमण गरेको थियो । त्यसको निहुंमा आज झड्प भएको हो ।
दुबै तर्फकाले घरेलु हातहतियारका साथ एक अर्का माथि आक्रमण गरेका हुन् । घाइते हुनेहरुमा स्थानीय सुभान दफाली, आमिन कुजरा, आदम दफाली, ताहिर मिया, नथिया मियाँ, सुनर राइन, इसा दफाली, नबाब सेखको घरमा र मस्जिदमा समेत आगजनी गरेको छ । उनीहरुले एक दर्जन परालको कुन्यूँमा समेत आगजनी गरेको छ । आगजनीबाट नौ वटा घर जलेको छ । घरमा भएको सम्पूर्ण सामग्री जलेको हो । लहान, धरान र इटहरीबाट आएको बारुण यन्त्र र शुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको छ । जस मध्ये घाइते चार जनाको अहिले सिरहा स्थित जिल्ला अस्पतालमा उपचार भइरहको छ । प्रहरीले दर्जनौं भन्दा बढी राउण्ड अश्रृग्यास प्रहार गरेका छन् भने दर्जन साउण्ड फायर गरेको छ ।
सिराहाको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुलरले स्थितिलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सयौंको संख्यामा परिचालन गरिएको जनाएका छन् । साथै अवस्थलाई नियन्त्रणमा लिनका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालय राजविराजबाट थप सुरक्षाकर्मी उतारिएको छ ।

बुटवल,साउन २५आज बिहान बुटवलको नया वसपार्क अगाडी भएको दुर्घटना परी १ जनाको ज्यान गएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । लु.१ ख ६०१५ नम्बरको ट्रकले लु.११ प.४४६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार विश्व श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।

सोही मोटरसाईकलका चालक पुरन राना घाईते भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ गैरहेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उनिहरु दुबै जना गुल्मी वामीटक्सार १ निवासी हुन् केहि समयदेखि उनीहरु बुटवल मिलनचोमा बस्दै आएका थिए ।

घाइते रानाको टाउको र कानमा गहिरो चोट लागेको छ उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ वडा प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा राखेको छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

२५ साउन, नवलपरासी । जन्मदिने आमा भन्दा ठूलो यो संसारमा अर्को कोहि हुँदैन भन्ने सत्य भनाइलाई एउटी आमाले बदनाम गरिदिएकी छिन् । आफुलाई आमाले नै गोरखपुरको एक होटलमा लगेर बेचिदिएको भनेर एक छोरीले प्रहरीमा उजुरी दिएकी छन ।नवलपरासी घर भइ भारतको माहाराजगँजस्थित माइती घरमा ४ वर्षदेखि बस्दै आएकी २० वर्षीया सोना बेगम (नाम परिवर्तन)ले आफ्नै जन्मदिने आमा विरुद्ध नवलपरासी प्रहरीमा उजुरी दिएकी छन ।

श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि भारतको गोरखपुर छेउ महाराजगँजमा ४ वर्षदेखी बस्दै आएकी सोनाले आमा सलमा बेगम (नाम परिवर्तन) र नवलपरासीका अर्का व्यक्ति समिउल्लाहले आफुलाई घुम्न जाउँ भन्दै गोरखपुर लगेर बेचेको बताउँदै प्रहरीमा जाहेरी दिएकी हुन
उनका अनुसार होटल पुर्याएपछि आमाले एकैछिनमा आउछु भन्दै बाहिरीएको र फर्केर आउँदा सँगै अर्कै मान्छेलाई पनि ल्याएकी थिईन । बाहिरबाट आएर खाउ भन्दै दिएको जुस पिएपछि आफु बेहोस भएको पनि सोनाले बताएकी छिन् । बेहोस पछि होसमा आउँदा आफ्नो अगाडि नचिनेको मान्छे पाएपछि त्यहाँबाट जान खोज्दा उसले तेरो आमाले २० हजारमा बेचेर गएको भनेपछि उनी छांगाबाट खसेजस्तो भएकी थिईन ।
उनकी आमा अहिले फरार रहेकी छन भने समिउल्लाहलाइ प्रहरीले पक्राउ गरेको छ । आमा सल्मा भारतमा रहेकोले तत्काल पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीकी महिला सेल प्रमुख उषा ढुंगानाले बताइन भने खबर नयाँ पत्रिकामा छ ।
आमाले बेचेर हिडेपछि दलालले अर्को ठाउँमा लैजान खोज्दा भागेर हिडेकी सोनाले गोरखपुर औषधी गर्न गएका गाउँका दुइ व्यक्तिसँग भेट भएपछि उनीहरुसँगै गाउँ फर्केको बताएकी छन् ।

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ ।

शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन ।
हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको मानहानी गरेको दावी गरे ।
एक घण्टा रोएँ
पत्रिका सूचना निस्किएका बेला आफु कार्यक्रमका लागि बेल्जियममा रहेको ढकाल बताउँछन् । ‘राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो, पत्रिकामा सूचना आएको थाहा पाएपछि सुटिङ रद्द गरेर एकान्तमा गएर धक फुकाएर रोएँ ।’ ढकाल भन्छन-’ढकाल भन्छन-’बिदेशको ठाउँमा कसैले मलाई चिन्ने कुरा पनि भएन । एक घण्टा रोएपछि मन हलुका भयो ।’
गीत संगीतबाटै जीवन चल्ने नदेखेपछि ढकालले रेष्टुँरा ब्यबसाय सुरु गर्ने योजना बनाएका छन । ‘सधैं यहि गतिमा गायनबाट आम्दानी नहुन सक्छ, बिदेशमा कार्यरत केही साथीभाईसंग मिलेर एउटा राम्रो रेष्टुँरा खोल्दैछु’ ढकालले भने-’अरु ब्यबसायका योजनाहरु पनि आएका छन, त्यसको निम्ति अध्ययन गरिरहेको छु ।’onlinekhabar

आज मिति २०७० साल साउन महिनाको २५ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले राजनीतिक दबाब र संबैधानिक जटिलताका कारण निर्वाचन क्षेत्र निर्धारण आयोगले यसअघिका २४० निर्वाचन क्षेत्रलाई यथावत राखेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले वेलायतमा गुन्जादै नौमति धून र्शीषकमा प्रमुख समाचार छापेको छ ।

गाउँमा आँखाको निःशुल्क शिविर आएको माइकिङ्बाट सुनेको मोरङ सुन्दरपुर बासिन्दाको मोतिविन्दुले धमेलीएको आखाँमा दृष्टि फेरीने आशा पलायो।
तर शल्यक्रियापछि आखाँ उजेलिएनन् , उल्टै’इन्फेक्सन’ भएर काम नलाग्ने भयो। डाक्टरले काम लाग्दैन भनेर फेरि शल्यक्रिया गरे र आखाँको डल्लै झिकेर फालिदिए।अहिले उनीहरु त्यही आँखाले जीवन हरण गर्ने भयो भन्ने चिन्तामा रहेका छन् । आँखा झिकेर फालेपछि एकै चोटी धेरै समस्याले घेरिएका भानीले पण्डित, नाता, कुटुम्ब र आफन्त बोलाएर वैतरणी गराए।
अब कति दिन बाँचिने हो भन्ने पिरलोले मृत्युपछि ‘वैतरणी नदी सजिलै तर्ने विश्वास’ मा गरिने हिन्दु संस्कार अपनाए।
कोसीमा डुंगा पल्टिएर बेपत्ता भएका १५ जनाको पहिचान खुलेको छ। बेपत्ताको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक सय १४ जना तथा स्थानीयवासी सक्रिय भए पनि फेला पर्न सकेका छैनन्।

सुनसरीको चतराघाटबाट उदयपुरको रामपुर ठोक्सिला जाँदै गरेको डुंगा दुर्घटना सोमबार कोसीकिनारमा पल्टिँदा दुई महिलाको मृत्यु भएको थियो। मृतक सुनसरी महेन्द्रनगरकी चन्द्रकुमारी राई र उदयपुर रामपुर ठोक्सिलाकी पार्वती खड्काको शव परिवारलाई जिम्मा लगाइएको सुनसरीका प्रहरी उपरीक्षक गणेश थापाले बताए।
बेपत्ता हुनेमा उदयपुर मैनामैनी-९ का टेकबहादुर राई, ठोक्सिला-३ की कोपिला बिष्ट, रामपुर ठोक्सिला-२ का तहतसिंह राई, सुनसरी कालाबन्जारका अर्जुन थापा, ठोक्सिलाकी मुना खड्का, भोजपुर दुमान्नाका प्रेम श्रेष्ठ, रामपुर ठोक्सिला-४ का प्रशान्त विक, बगलाका नारायण श्रेष्ठ, गाईघाटकी राधिका चापागाईं, दिनेश चापागाईं, उदयपुरकी सपना मगर, नारायण श्रेष्ठ, ठोक्सिलाकी रोशिका खड्का, जुमान राई र प्रभुमाया राई छन्। कति जना डुंगामा यात्रु सवार थिए भन्नेसमेत यकिन तथ्यांक छैन। क्षमताभन्दा बढी यात्रु डुंगामा चढाइएको र ओर्लने क्रममा यात्रुले हतार गर्दा असन्तुलन भई पल्टेको प्रहरीको भनाई छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी पकलीको टोली तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले बताए। सशस्त्र प्रहरीको टोलीले डुंगामार्फत खोजी कार्य जारी राखेको छ। कोसी टप्पु वन्यजन्तु आरक्षले पनि मोटरबोट प्रयोग गरी बेपत्ताको खोजी गरिरहेको उदयपुरका प्रहरी उपरीक्षक अजय भट्टराईले बताए।

''साउन, २४ काठमाडौ - सुशिल कोइरालाले भारतमा लक्ष्मणपुर बाँधको विषयमा कुरा उठाएका छन् । उनले स्पष्ट भाषामा उत्तर प्रदेशमा मुख्य मन्त्रीसंग यसका बारेमा कुरा राखेका थिए । यस अघि अन्य नेताले भारतमा गएर उठाउने नसकेको मुद्धा कोइरालाले उठाएका हुन् । उनको यो प्रयाससंगै हरेक वर्ष बाँकेका दुई गाविस होलिया र बेतहनीलाई डुवानमा पार्दै आएको लक्ष्मणपुर बाँधको समस्या समाधान गर्न भारत तयार भएको छ । ''
नेपाली नेताहरूले उक्त विषयमा कुरा राख्न नसक्दा भारतले एकपक्षीय रूपमा बनाएको बाधँका कारण ती दुइ गाविसले प्रत्येक वर्ष डुवान सहँदै आएको थियो । तर, यसपटक भने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पहिलोपटक भारतसँग बाँधले पुर्याएको समस्याका सम्बन्धमा कुरा राखेका छन् ।''
आजसम्म भएका भेटहरूमा कुनै पनि नेताले कुरा नउठाएको बाँधको विषयमा पहिलोपटक सभापति कोइरालाले बुधबार उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवसँग कुरा उठाऊँदै 'बहादुरी' प्रदर्शन गरेका छन् भने नेपालीको मनलाई समेत उनीप्रति गर्व गर्ने अवस्थामा पुर्याएका छन् ।''
बुधबार भएको यादवसँगको भेटमा कोइरालाले बाँधले नेपालका दुई गाविसले ठूलो जनधनको क्षति हुँदै आएको भन्दै यसलाई समाधान गरिनुपर्ने प्रस्ताव राखेपछि यादवले त्यसलाई सकारात्मक रुपमा लिँदै बाँधबाट उत्पन्न समस्या समाधान गर्न भारतले प्राविधिक टोली नेपाल पठाउने प्रतिबद्धता जनाएका छन् । कोइरालाको प्रस्तावपछि यादवले लक्ष्मणपुर बाँधबाट सिर्जित समस्या स'माधान गर्न दुवै देश सम्मिलित उच्चस्तीय प्राविधिक टोली गठन गर्ने प्रतिबद्धता जनाएका हुन् । ''
भारत सरकारले उत्तर प्रदेश राज्यको नेपालतर्फको सीमाछेउ एकतर्फीरूपमा बाँधेको लक्ष्मणपुर बाँधका कारण नेपालले निकै समस्या भोगिरहेको थियो । अन्य कुनै पनि नेताले यसविषयमा कुरा उठाउन सकेका थिएनन् तर कोइरालाले भने यस विषयलाई उठाएर लक्ष्मणपुर बाँधबाट नेपालीले भोग्दै आएको समस्याबाट नेपालीले छुटाकारा पाउने आशा पलाएको छ ।''
बाँधका विषयमा कुनै पनि नेता बोल्न तयार नदेखिएका बेला सुशील कोइरालाले यसरी समस्या समाधानका लागी कुरा उठाइदिनु सुशील कोइरालाको 'बहादुरी' नै हो भन्न सकिन्छ । भारतले आफूमाथी नराम्रो दृष्टी राख्छ कि भनेर अन्य नेताहरू डराएर केही बोल्न नसकेका बेला कोइरालाले राष्ट्रका लागी गरेको यो एउटा देन नै हो ।''
यस्तै, कांग्रेस सभापति कोइरालाले भारत र नेपाल सरकारबीच भएको सम्झौताअनुसार गुलरिया–मूर्तिया नाका सञ्चालन गर्न गरेको आग्रहलाई समेत यादवले सहर्ष स्विकारेका छन् । मुख्यमन्त्री यादवले भारततर्फको मूर्तिया र नेपालको गुलरियाबीचको नाका चाँडो सञ्चालनका लागि आफू राजी रहेको बताएका थिए । गुलरिया–मूर्तिया नाका पुरानो भए पनि विविध कारण देखाउँदै भारत सरकारले सो नाका बन्द गरेको थियो । बर्दिया जिल्लाबाट भारत जाने मुख्य नाका बन्द हुँदा जिल्लावासी समस्यामा परेका थिए ।''स्रोत :nepaliheadlines

२४ साउन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनअनुसार मात्र भोजभतेर गर्न अपिल गरेका कारण एमाले नेता एबम् बरिष्ठ अधिवक्ता अग्नि खरेलले छोराको बहिेभोज रद्द गरेका छन् । उनले आर्मी अफिसर्स क्लबमा शनिवार साँझ ५ बजे प्रीतिभोज गर्न निम्ताकार्ड बाँडिसकेका थिए ।
अख्तियारका प्रवक्तालाई मंगलवार अपिल जारी गरेका कारण भोज स्थगित गर्नु परेको खरेलले बताए । ‘अख्तियारका प्रवक्तालाई उदृड गरेर ऐनअनुसार एकमात्र मोज गर्नु भनेको समाचार आयो , म पनि चाडपर्व कम खर्चिलो गरी मनाउनुपर्छा भन्ने मान्यता राख्छु । खरेलले भने ,’म पनि कानुन मान्छु, ध्यानाकर्षण गराउँदा गराउँदै मैले त्यस्तो भोग गर्दा सीधै कानुन उल्लंघन हुन्थ्यो ।’ खरेल अन्तरिम संविधानका मस्यौदाकार हुन् । एमाले केन्द्रदीय सदस्य उनी विघटित संविधानसभाका सदस्य पनि हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । उनका छोरा निशान र भजिता राजन खरेलको गत महिना विवाह भएको थियो ।
नेता खरेलका अनुसार दुवैको एउटै भोज आयोजना गरिएकाले सात-आठ सयजनालाई निम्ता बाँडिएको थियो । आफूले परिवार, कानुनव्यवसायी सार्थीभाई र एमाले कार्यवहाक अध्यक्ष बामदेव गौतमसंग सल्लाह गरेर यस्तो निर्णय गरेको उनले वताए । कानुन असान्दर्भिक भए त्यसलाई संशोधन गरी अद्याबधिक गर्नु पर्ने तर राज्यले ध्यानाकर्षण गराउँदा गराउँदै उल्लंघन गर्न नमिल्ने उनले बताए । उनले छोरा, भजिता र बुहारीहरुलाई भोज आयोजना गर्दा उठ्ने प्रश्नवारे जानकारी गराएर स्थगित गर्ने निर्णय लिएको जानकारी दिए ।onlinekhabar

राटनगर, श्रावण २३ । सुनसरीको शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टरमा चन्द्रमाबाट ल्याइएको चट्टानको टुक्रा प्रर्दशनीमा राखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासामा संरक्षित चन्द्रमाबाट पृथ्वीमा ल्याइएको मेयर वसाल्ट नामक चट्टान एभरेष्ट साइन्स सेन्टरमा प्रदंशनीका लागि राखिएको हो । प्रर्दशनीमा राखिएको सो चट्टान नेपालमा पहिलो पल्ट प्रर्दशनीमा ल्याइएको आयोजक समितिले जनाएको छ । एभरेष्ट साइन्स सेन्टरको आयोजना तथा अमेरीकी अन्तिरिक्ष संस्था नासाको सहयोगमा प्रर्दशनीमा राखिएको सो चट्टान ३ अर्व ७५ करोड वर्ष पुरानो भएको वताइएको छ ।

एपोलो १७ वाट वैज्ञानिक ज्याक स्मितले चन्द्रमामा गएको समयमा सो मेयर वसाल्ट नामक चट्टान पृथ्वीमा ल्याएको वताइएको छ । शान्ति वनदेखि चन्द्रमासम्म नाम दिइएको चट्टान प्रर्दशनी १ महिनासम्म संचालन हुने र करिव ५ लाखले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अपेक्षा राखेका छन् ।

एपोलो १७ वाट वैज्ञानिक ज्याक स्मितले चन्द्रमामा गएको समयमा सो मेयर वसाल्ट नामक चट्टान पृथ्वीमा ल्याएको वताइएको छ । शान्ति वनदेखि चन्द्रमासम्म नाम दिइएको चट्टान प्रर्दशनी १ महिनासम्म संचालन हुने र करिव ५ लाखले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अपेक्षा राखेका छन् ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
ब्यापारीको दादागिरी, खबर संकलन गर्न पुगेका पत्रकारलाई कुटपिट गर्नुका साथै थुनी दिएका हुन् ! राजधानीमा संचालित पानी उधोगमा स्वास्थ्यका दृष्टीले हानीकारक रासायनिक पदार्थ भटिएपछि उधोगमा सिलबन्दी गरि बन्द गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेका प्राय उद्योगमा कैफियत भेटिएको हो । आइतबार मात्र चार वटा पानी उद्योग सिलबन्दी गरेको विभागले मंगलबार थप दुई पानी उद्योग सिलबन्दी गरेको छ । विभागले काठमाडौं कोटेश्वरस्थित सांग्रिला स्प्रिंग ड्रिंकिङ बेभरेज र एक्वा प्यासिफिक बेभरेज सिलबन्दी गरेको हो । सांग्रिलाबाट उत्पादित पानीमा हानीकारक सूक्ष्म जीवाणु कोलिफर्म र फिकल कोलिफर्म पाइएको विभागले जनाएको छ । श्रोत ©नयाँ खबर News: Reporter Mathi Kutpit

२३ साउन, पोखरा । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा-माओवादीले चुनावमा भाग नलिए पनि तोकिएकै मितिमा संविधानसभाको निर्वाचन भएरै छोड्ने विश्वास व्यक्त गर्नुभएको छ ।नागरिक अगुवा तथा बुद्धिजीवीसँग बुधवार पोखरामा भएको अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनको मिति सार्न नसकिने स्पष्ट गर्दै चुनाव हुँदैनकी भनेर भ्रममा नपर्न पनि सबैसँग आग्रह गर्नुभयो ।
वर्तमान चुनावी सरकार परिवर्तन, ११ बुँदे र २५ बुँदे सम्झौता खारेज हुननसक्ने जानकारी दिँदै उहाँले तर असहमतिका केही बुँदाहरु भए त्यसमा परिमार्जन गर्न सकिने धारणा राख्नुभयो । रासस
काठमाडौं, २३ साउन । निर्वाचन आयोगले शान्ति सुरक्षाका विषयमा सुरक्षा निकायसँग छलफल गर्ने भएको छ ।

छलफलका लागि आयोगले नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका प्रमुखलाई आज (बुधबार) कान्तिपथस्थित कार्यालयमा बोलाएको छ ।
मंसिर–४ गते हुने निर्वाचनको तयारी तीब्र भईरहेका बेला आयोगले सुरक्षाका विषयमा जानकारी लिन लागेको हो । आयोगले मतदाता, उम्मेद्वार र मतपेटीको सुरक्षाका विषयमा पनि सुरक्षा निकायको योजना माग्ने बुझिएको छ ।
सरकार, उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको तयारी तीव्र रुपमा बनाई रहेका छन् ।

२३ साउन, काठमाण्डौं । विशिष्ठ व्यक्तिको सवारीमा सडकमा खटिएका र कार्यालय ‘ड्युटी’ मा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले ‘अनुशासनहीन’ देखिएका भन्दै त्यसरी खटिएका प्रहरीलाई ड्युटीमा बसुन्जेल मोबाइल प्रयोग नगर्न निर्देशन दिएको हो ।

कार्यालयले मातहतका इकाईलाई पत्राचार गर्दै सडकमा खटिने सादा पोसाक र ट्राफिक प्रहरीलाई समेत ड्युटी अवधिभर फोन प्रयोग गर्न नदिन भनेको छ । ‘सेन्ट्री बसेका र सडकमा खटिएका प्रहरी मोवाइलमा व्यस्त हुँदा सुरक्षामा ध्यान नपुग्ने प्रधानकार्यालयको निष्कर्ष रहेको कान्तिपुर दैनिकमा खरब छ । ‘हतियारसहित ड्युटीमा बसेको प्रहरीले मोबाइलमा कुरा गर्दा हतियारको सुरक्षामा ध्यान हुँदैन,’ प्रहरी प्रवक्ता डीआईजी नवराज सिलवालले भने,’ड्युटी समयमा मोबाइलमा गेम खेल्नु र कुरा गर्नु प्रहरी आचरण विपरीत हो ।’
ड्युटी समयमा सार्वजनिक स्थानमा धूमपान, रेस्टुरेन्ट वा चिया पसलमा बसेर कुरा गरेको पाइए पनि कारबाही हुनेछ ।

२३ साउन, काठमाडौ । प्रचण्डले हिरोइन रेखा थापालाई केन्द्रिय सदस्यमा बनाएर पार्टीमा भित्राउन गरेको प्रस्तावलाई बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठहरूले असमति जनाएपछी रेखालाई केन्द्रीय सदस्य बनाएर पार्टीमा भित्र्याउने उनको प्रयास असफल हुन पुग्यो ।
यता रेखाले भने आफुले कहिल्यै पनि केन्द्रीय सदस्यमा दावी नगरेको, प्रचण्ड स्वयंले नै आफूलाई केन्द्रीय सदस्य बन्नु पर्छ भन्दै उकास्ने गरेको खुलासा नायीका रेखाले गरेकी छिन् ।
केन्द्रीय सदस्य नबनेपछी उक्त प्रक्रियाका बाधक भनिएका बाबुराम भट्टराईसँग भेट्न पुगेकी रेखाले सुनाइन्, 'मलाई केन्द्रीय सदस्य चाहिएको होइन्, बरू प्रचण्ड दाईले नै लैजान्छु भन्नुभएको हो ।' कुरा जेजस्तो भएपनि यो मामिला अखबारमा आइदिँदा आफू र प्रचण्ड दुवैलाई मानिसहरूले उडाउने गरेको दुखेसो पनि रेखाले बाबुरामसँग पोखिन् । दुखेसो मात्र पोखिनन्, ' जनआस्थाको सम्पादक तपाईको साथी रे, तपाईले नै भन्नुभएको रे सम्म भन्न भ्याइन् । बाबुरामले जवाफ दिए, ' मैले कहाँ भन्नु नि ! उनीहरुको आफ्नै च्यानल छ बुझेर लेखे होलान् नि !'
बाबुराम मात्र हैन, उनले चुनाव लड्ने भनि चर्चामा आएको मोरङ जिल्लाको क्षेत्र नं. ८ का पूर्व सभाषद् गोपी अछामीसँग पनि उनी नियमित सम्पर्कमा रहेको खुलासा समेत गरेकी थिइन् । पूर्वसभाषद् अछामीले रेखाले उक्त क्षेत्रबाट निर्वाचनमा भाग लिने भए आफुले छोड्न तयार रहेको समेत बताएको रेखाले खुलाएको समाचार आजको जनआस्था साप्ताहिकले प्रकाशित गरेको छnepaliheadlines.
यता रेखाले भने आफुले कहिल्यै पनि केन्द्रीय सदस्यमा दावी नगरेको, प्रचण्ड स्वयंले नै आफूलाई केन्द्रीय सदस्य बन्नु पर्छ भन्दै उकास्ने गरेको खुलासा नायीका रेखाले गरेकी छिन् । केन्द्रीय सदस्य नबनेपछी उक्त प्रक्रियाका बाधक भनिएका बाबुराम भट्टराईसँग भेट्न पुगेकी रेखाले सुनाइन्, 'मलाई केन्द्रीय सदस्य चाहिएको होइन्, बरू प्रचण्ड दाईले नै लैजान्छु भन्नुभएको हो ।' कुरा जेजस्तो भएपनि यो मामिला अखबारमा आइदिँदा आफू र प्रचण्ड दुवैलाई मानिसहरूले उडाउने गरेको दुखेसो पनि रेखाले बाबुरामसँग पोखिन् । दुखेसो मात्र पोखिनन्, ' जनआस्थाको सम्पादक तपाईको साथी रे, तपाईले नै भन्नुभएको रे सम्म भन्न भ्याइन् । बाबुरामले जवाफ दिए, ' मैले कहाँ भन्नु नि ! उनीहरुको आफ्नै च्यानल छ बुझेर लेखे होलान् नि !'
बाबुराम मात्र हैन, उनले चुनाव लड्ने भनि चर्चामा आएको मोरङ जिल्लाको क्षेत्र नं. ८ का पूर्व सभाषद् गोपी अछामीसँग पनि उनी नियमित सम्पर्कमा रहेको खुलासा समेत गरेकी थिइन् । पूर्वसभाषद् अछामीले रेखाले उक्त क्षेत्रबाट निर्वाचनमा भाग लिने भए आफुले छोड्न तयार रहेको समेत बताएको रेखाले खुलाएको समाचार आजको जनआस्था साप्ताहिकले प्रकाशित गरेको छnepaliheadlines.
काठमाडौं, २२ साउन । राजधानीको बौद्ध स्तुपामा एक तिब्बतीयन नागरिकले आत्मदाह गरेका छन् । करिब ४० वर्ष उमेरका व्यक्तिले मंगलबार बिहान साढे सात बजे स्तुपा भित्रै आगो लगाएर आत्मदाह गरेका हुन् ।

आगो लागेलगत्तै उनलाई प्रहरीले उद्दार गरी नजिकैको बौद्ध स्तुपा अस्पतालमा लगेको थियो । त्यहाँबाट थप उपचारका लागि शिक्षण अस्पताल पुर्याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । आत्मदाहको यस घटना तिब्बतु गतिविधिसँग जोडिएको वा नजोडिएको थाहा हुन सकेको छैन । प्रहरीले आत्मदाह गर्ने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जनाएको छ । आत्मदाहबारे आत्महत्या र तिब्बती गतिविधि दुबैलाई आधार बनाएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसअघि गत फागुन २मा पनि बौद्धको एक रेस्टुरेन्टमा तिब्बतीले आफूलाई फ्रि–तिब्बतको पक्षमा रहेको भन्दै आत्मदाह गरेका थिए ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं