अस्ट्रेलियाली प्रधानमन्त्री गिलार्डलाई संसद्मा स्तन देखाएको आरोप लगाइएपछि...
६ असार, एजेन्सी । एक स्तम्भकारले अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसद्मा आफ्नो स्तनको बढी प्रदर्शन गर्न नहुने बताएपछि सामाजिक सञ्जालमा यसको विरोधको बाढी आएको छ ती महिला टिप्पणीकारको अभिव्यक्तिप्रति विरोध गर्दै सयौं महिलाले सञ्जालमा आफ्नो क्लिभेजको तस्बिर पोस्ट गरेका छन् ।
‘सबैले स्विकार्नुपर्छ कि महिलासँग स्तन हुन्छ’भन्दै रुष्ट महिलाले फेसबुक पेजमा आफ्नै स्तन देखिएका तस्बिरहरू पोस्ट गरेका हुन् ।ग्रेस कोलियर नामकी स्तम्भकारले एउटा रेडियो कार्यक्रममा ‘मलाई लाग्छ, प्रधानमन्त्रीले संसद्मा आफ्नो क्लिभेज (स्तनको बीचको भाग) देखाउन उपयुक्त छैन’ भनेपछि अस्ट्रेलियाली महिला विरोधमा उत्रिएका हुन् ।उनको यस्तो टिप्पणीको केही घन्टापछि नै डिस्ट्रोइ द ज्वाइन फेसबुक पेजमा उनीहरूले तस्बिर पठाएका हुन् ।
यो पेजकी प्रवक्ता जेन्ना प्राइसले यसरी पाएका सबै तस्बिर कोलियरलाई ‘तपाईं मूर्ख हुनुहुन्छ’ भन्ने मनसायसाथ पठाइने बताइन् ।सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजीकी मिडिया अध्यापक हुन् । उनको विरोधमा ‘ग्रेस तपाईंका लागि समाचार छ, महिलासँग स्तन हुन्छ’ भन्ने सन्देशसमेत पठाइएको छ । चर्चित ब्लगर जेनिफर विल्सनले महिलालाई आफ्ना क्लिभेजको तस्बिर पठाउन उक्साएपछि स्तनको तस्बिरको बाढी नै आएको हो ।
‘मैले गिलार्डको क्लिभेज हेर्न चाहेको होइन,’ अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनमा प्रसारण भएको एउटा कार्यक्रममा कोलियरले भनेकी थिइन्, ‘औद्योगिक सम्बन्ध सल्लाहकार भएको नाताले मेरो विचारमा यस्तो संसद्मा उपयुक्त होइन ।
यो आफैंप्रतिको असम्मान हो र अस्ट्रेलियाली समुदायप्रति र संसद्प्रति नै । यस्तो व्यवहार व्यावसायिक होइन ।’ ‘हरेक कार्यक्षेत्रमा प्रस्तुति र व्यवहारको केही मापदण्ड हुन्छ ।गत साता पनि विपक्षी लिबरल पार्टीको रात्रिभोज मेनुमा जुलिया गिलार्ड केन्टकी फ्राइड क्वेल, स्मल ब्रेस्ट एन्ड ह्युज थाई नाम दिइएको आइटम राखिएपछि यसको विरोध भएको थियो जसका लागि विपक्षी वरिष्ठ नेताले माफीसमेत माग्नुपरेको थियो ।