क्यान्सरलाई बाई बाई भनेपछी मनिषाले दिइन् शुभचिन्तकलाई धन्यवाद |

२ असार, काठमाडौ । क्यान्सरबाट पिडित बनेकी चर्चित अभिनेत्री मनिषा कोइरालाले अब आफू पूर्ण रूपमा निको भएको बताएकी छन् । निकै लामो उपचारपछी न्युयोर्कमा नेपालीहरूद्धारा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा उपस्थित नायीका कोइरालाले आफूले क्यान्सरमाथी विजय पाएको र यसका लागि दर्शक तथा शुभचिन्तकहरूको शुभकामनाले क्यान्सरबाट लड्न सहयोग मिलेको र क्यान्सरबाट मुक्ति पाएको भन्दै सबै दर्शक तथा शुभचिन्तकलाई धन्यवाद दिएकी छिन् ।



उनलाई नेपाली समुदायले गरेको कार्यक्रममा स्वागत तथा शुभकामना दिइएको थियो । अस्पतालमा भर्ना भएपछि पहिलो पटक सार्वजानीक कार्यक्रममा देखिएकी नायीका कोइराला आफ्ना बाबु, आमाका साथमा उपस्थित भएकी थिइन् । कोइरालालाई शुभकामना दिन न्युयोर्कमा रहेका नेपाली कलकारहरु, समाजसेवीहरु तथा विभिन्न क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

नायीका कोइरालालाई चर्चित नायीका गौरी मल्ल, तिलक श्रेष्ठ, पबिता परियार लगायतका कलाकारहरूले शुभकामना दिएका थिए । कार्यक्रममा अभिनेत्री गौरी मल्लले कोइरालाले अभिनय गरेका फिल्मका गीत गाएर सुनाएकी थिईन् भने गायक तिलक श्रेष्ठ र पबिता परियारले शुभकामना गीतहरू गाएका थिए ।