एचआईभि र्भाइरस सहित जन्मिएकि बालिका उपचार पछि सन्चो (भिडियो सहित)

अमेरिकाको मिसीसिपि राज्यमा एचआईभि र्भाइरस सहित जन्मिएकि एक बालिका उपचार पछि सम्भवत सन्चो भएको विविसिले जनाएको छ । बिबिसिको अनलाई संस्करणका अनुसार ति बालीकालाई एक वर्षको समयमा कुनै पनि औषधि नदिएको र उनलाई कुनै पनि प्रकारको संक्रमण नभएको बताईएको छ । ति बालीकालाई जन्मिएको तिस दिन देखि एचआईभिको उपचारका लागी औषधि दिईँदै आएको थियो । ति बालीका अहिले साढे २ वर्ष की ती बालीका तन्दुरस्त भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । शोधकर्ताहरुका अनुसार यदि ती बालीकाको स्वास्थ्यमा अबको केहि समय सम्म समान्य भएमा उनलाई एचआईभि सञ्चो भएको मानिनेछ । एचआईभि संक्रमित सञ्चो भएको यो दोश्रो पटक हुनेछ ।


भिडियो-हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।