नेताको सभामा जनता बटुल्ल ‘होचाहोची’को सहारा

९ वैशाख, दाङ । चार बर्षसम्म संविधान, सुशासन र स्थिर सरकार दिन नसकेको अपजस खेपिरहेका दलहरुले आफ्ना राजनीतिक कार्यक्रममा जनसाधारण बटुल्लन नयाँ तरिका अपनाउन थालेका छन् ।



पछिल्लो पटक दाङ एमालेले विश्वकै होचा वयस्क चन्द्रबहादुर डाँगी, नेपालकी होची महिला ईश्वरीमाया छिनाल र लोकगायक बद्री पंगेनीको नाम प्रचार गरी आइतबार लमहीमा ठूलो ‘मास’ उतार्‍यो । एमाले क्षेत्रनम्बर १ ले गरेको आमसभामा पार्टीका बरिष्ठ नेता केपी शर्मा ओली, होचा डाँगी, होची छिनाल र गायक पंगेनी आउने जानकारी गराउन देउखुरी क्षेत्रमा दुईसातादेखि माइकिङ गरिएको थियो । प्रचारका लागि पाटर्र्लि सञ्चारमाध्यममा विज्ञापन पनि प्रकाशन/प्रसारण गरेको थियो ।



आइतबार आमसभाअघि पनि नेता ओलीसँगै डाँगी, छिनाल र पंगेनी आउने भन्दै सहभागी आकषिर्त गर्न खोजिएको खबर नागरिक दैनिकले छापेको छ । कार्यक्रमका सहभागी सर्वसाधारणले डाँगी र छिनालको गुनगान पनि गाए । उनीहरु नेताका भाषण सुन्न भन्दा डाँगी र छिनाललाई हेर्न लालायित देखिए । झरीले समेत उनीहरुलाई विचलन बनाएन ।



‘निक्कै सानी रैछन,’ आमसभामा सहभागी एक वृद्धले छिनाललाई देखेपछि भने ‘यति सानो मान्ते पनि हुँदो रैछन् ।’ आमशभामा आउने भनिएका डाँगी र पंगेनी भने आएनन् । तर, आयोजकहरुले भने उहाँहरु पनि आउँदैहुनुहुन्छ भनेर सर्वसाधारणलाई लामो समयसम्म राखेका थिए ।