सामान्य बिमारीले कोरियाका नेपाली मानसिक तनावमा

३ असार, सिउल । कोरियामा कार्यरत नेपालीमध्ये अधिकांश सामान्य बिरामीकै कारण मानसिक तनावमा फस्ने गरेको पाइएको छ । नेपाली स्वास्थ्यकर्मीद्वारा आइतबार कोरियाको फेन्थेकस्थित फेन्थेक माईग्रेन सेन्टरमा आयोजित निःशुल्क स्वास्थ्य परामर्श शिविरमा आएका बिरामीहरुको परिक्षणबाट यो कुरा जानकारी भएको हो ।



स्वास्थ्य परिक्षणका लागि आएका नेपालीमध्ये २० प्रतिशतमा मात्र गम्भिर स्वास्थ्य समस्या देखिएको उपचारमा संलगन चिकित्सकले बताए । कोरिया सन्देश क्लबको संयोजन तथा फ्न्थेक माईग्रेण्ट सेन्टर नेपाली समूहको प्रायोजनमा भएको उक्त निःशुल्क स्वास्थ्य परामर्श शिविरमा डा. बीरेन्द्र तिवारी, डा. हृदयश प्रताप मल्ल र डा.रोसनि उलक-मल्ल)ले सेवा प्रदान गर्नु भएको थियो ।

भाषाको अज्ञानताका कारण अनावश्यक औषधीको प्रयोग गरिरहनु परेको, समान्य रोग भएपनि सुझबुझको अभावमा निकै त्रसित हुने गरेको, आफ्नो समस्याबारे प्रष्टरुपमा कोरियन चिकित्सकहरुलाई जानकारी दिन नसक्दा उपचारको पूर्ण लाभ लिन नसकेको पिडीत नेपालीहरुले बताए ।



रोग सानै भए पनि निको नहुँदा आफू मानसिक चिन्तामा रहनु परेको पाल्पाका वीरबहादुर मगरले बताए । यो स्वास्थ्य परामर्शबाट आफू पूर्णरुपमा निको भएको ठानेको मगरको भनाई थियो । रामेछापकी रीता गुरुङ्ग दुई वर्षदेखि भोग्दै आएको महिला समन्धि रोगको पिडा नेपाली महिला चिकित्सकलाई खुलेर भन्न पाउँदा सन्तुष्ट भएको बताइन् । मलाई आफ्ना समस्या विदेशी चिकित्सकहरुलाई कसरी र के गरी सुनाउँ भन्ने थियो तर आज आप\mनै भाषामा कुरा राख्न पाएँ अब उपचार सहज हुन्छ ।’ उनले भनिन् ।

कोरियामा नेपालीहरुका रोग समान्य भए पनि बढी चिन्ता लिने गरेको डा.तिवारीले बताउनु भयो । उनीहरुका समस्या सामाधानका लागि यस किसिमका स्वास्थ्य समंन्धि परामर्श कोरियामा अत्यन्तै आवश्यक भएको डा.तिवारीको भनाई थियो ।

यति धेरै नेपालीहरू कोरियामा आफ्नो भाषामा स्वास्थ्य समन्धि समस्या राख्न आउँदा आफू सदैव उनीहरूका लागि निःशुल्क समय खर्चन तयार रहेको डा.हृदयेशप्रताप मल्लले जनाउनु भयो । महिलारोग समन्धि स्वास्थ्य परामर्श दिनु भएकी डा.रोशनि उलक (मल्ल) ले कोरियामा नेपाली महिलाहरू स्वास्थ्यसम्बन्धि पिडामा रहेको भन्दै उहाँले भन्नुभयो-’तपाईहरु निर्धक्क हुनुहोस तपाईहरुलाई निःशुल्क सेवा र परामर्शका लागि हामी तयार छौं ।’



तीन सय जनाले स्वास्थ्य परामर्शका लागि नाम दर्ता गराउनु भएको उक्त परामर्श शिविरमा महिला तथा पुरुष गरी नब्बे जनालाई स्वास्थ्य परामर्श दिइएको थियो । कोरियामा नेपाली स्वास्थ्यकर्मीद्वारा भएको पहिलो स्वास्थ्य परामर्श शिविरका लागि कोरिया सन्देश क्लबका अध्क्षय मीनप्रकाश उप्रेती, फेन्तेक माईग्रेण्ट सेन्टरका अध्क्षय यादव खनाल, सोही सेन्टरका उपाध्यक्ष र सचिव क्रमश सुमन चम्लागाई , बाबुराम पाठक र झापा मिलन समाजका उपाध्यक्ष तथा पत्रकार सन्तोष श्रेष्ठले प्राथमिक परामर्श दिनुभएको थियो ।

निःशुल्क परामर्श शिविर कोरियाको विभिन्न स्थानमा सन्चालन गर्दैजाने कार्यक्रम संयोजक तथा कोरिया सन्देश क्लबका अध्यक्ष मीनप्रकाश उप्रेतीले बताउनु भयो । डा.तिवारी कोरियाको मेडिकल कलेजबाट पीएचडी गरी हाल क्युङ ही युनिभर्सिटि स्कुल अफ डेन्टीस्ट्रीमा अनुसन्धानरत हुनुहुन्छ । डा. तिवारीसँग स्वास्थ्यकर्मिको रूपमा नेपालका विभिन्न अस्पातलहरुमा १५ वर्ष र मेडिकल माईक्रो बायोलोजीको प्राध्यापकको रूपमा भिभिन्न मेडिकल कलेजमा ८ वर्षको शिक्षण अनुभव छ । डा.तिवारीले चीनस्थित थि्र ग्रजेज मेडिकल साईन्स कलेजमा पनि केही महिनाको अध्यापन गरी सक्नु भएको छ ।

चीनबाट एमबीबीएस गर्नुभएका डा.हृदयेशप्रताप मल्ल हाल न्युरोसमन्धि बिशेषज्ञताका लागि कोरियामा अध्ययन गरिरहनु भएको छ भने डा.मल्लले नर्भिक हस्पिटलमा १ वर्ष र मोडेल हस्पिटल काठमाण्डौंमा दुई वर्षको अनुभव लिईसक्नु भएको छ । यसैगरि डा.रोशनि उलक (मल्ल) चीनबाट एमबीबीएस गरी हाल स्त्रीरोग बिशेषज्ञ कोर्सका लागि कोरियामा अध्ययनरत हुनुहुन्छ । डा.रोशनीले नर्भिक हस्पिटलमा ६ महिना र मोडेल हस्पिटल काठमाण्डैामा दुईबर्षको अनुभव लिई सक्नु भएको छ ।
source:onlinekhabar