७ महिने बालकको १० सेन्टिमिटर लामो पुच्छर...(फोटोसहित) |

 एजेन्सी । मान्छेको पनि पुच्छर पलायो भन्दा सायद धेरै मानिसहरू अचम्ममा पर्छन्, यो कसरी हुन्छ भन्ने सोच्छन् र हुनै सक्दैन भन्ने तर्क पनि गर्छन् होला । तर, चीनमा एक बालकको करिब १० सेन्टिमिटर लामो पुच्छर पलाएको छ ।



चीनका ७ महिने बालकको शरिरमा पुच्छर देखिपछी धेरै मानिस आश्चर्यमा समेत परेका छन् । मान्छेको शरिरमा कसरी पुच्छर पलायो भन्ने प्रश्न पनि धेरैको मनमा आउन सक्छ तर यो पुच्छर सामान्य रूपमा पलाएको भने होइन । उक्त पुच्छर स्पाइनल इन्जुरीका कारण भएको चिकित्सकहरुले बताएका छन् । चीनको ग्वाङ्डोङ्गका सात महिनाका बालक जियाओ वोईको शरिरमा स्पाइनल इन्जुरीका कारण १० सेन्टिमिटर लामो पुच्छर देखिएको छ । बालककी आमा चेन ओईले बालकको उक्त पुच्छर फालिदिन आग्रह गरेपनि चिकित्सकले भने नमिल्ने बताएका छन् ।

चिकित्सकहरूका अनुसार यो शरिरमा हुनुपर्ने विकासको प्रक्रियामा गलत प्रक्रियाको प्रवेश भएको हो । स्पाइनल कर्डको विकासका क्रममा बालकको शरिरबाट फरक ठाऊँमा विकसित हुँदा यस्तो भएको चिकित्सकहरुको भनाई छ । स्पाइनल कर्डको विकासको कार्य र अवस्थिति गर्भ रहेको १ महिनादेखिनै निर्माण हुने गर्छ । यस क्रममा स्पाइनल कर्डलाई शरिरको हाडले राम्रो सँग समेट्न नसक्दा बालकको शरिरमा पुच्छर जसरी स्पाइनल कर्डको विकास भएको चिकित्सकहरूको भनाई छ ।हेरौ केही तस्विरहरू...





भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।