१५ वर्षअघि नेपाल बैंकबाट २ करोड १० लाख कर्जा दुरुपयोग गर्ने पक्राउ

३० जेठ, काठमाडौं । नेपाल बैंकबाट १५ वर्षअघि कर्जा लिई चुक्ता नगरेको अभियोगमा अदालतबाट दोषी ठहर भएकी विश्वपि्रया मल्ललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको शंखमूलमा डेरा गरी बस्ने धादिङ्ग नलाङ्ग गाविस ३ की ४१ वषर्ीय मल्ललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको हो ।



विशेष अदालतले २०६२ कात्तिकमा उनलाई एक करोड पाँच लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । नेपाल बैंक लिमिटेडबाट कमसल धितो राखी कर्जा लिएर चुक्ता नगरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

२०५५ सालदेखि २०५८ सम्म मल्लले २ करोड १० लाख रुपैयाँको हाइपोथिकेसन कर्जा लिएर दुरुपयोग गरेकी थिइन । पीजी स्टोर र सानिमा फर्निचर कम्पनीको नाममा उक्त कर्जा प्रवाह भएको थियो । कम्पनीका अर्का सञ्चालक गहेन्द्र मल्ललाई प्रहरीले ३ वर्षअघि पक्राउ गरेको थियो ।

उनीहरुले कर्जा लिने प्रयोजनको लागि नभएको स्टक देखाएका थिए भने कम मूल्यको कमसल जग्गा धितो राखी अधिक मूल्यांकन गराएका थिए । बैंकका प्रबन्धकको मिलेमतोमा ठगी भएको प्रहरीले जनाएको छ ।