बहिनीको हत्या गरेर दाजु फरार ..

खाना खाएर सुतेका दाजुबहिनी सम्पर्कविहीन भएको र खोजी गर्दा घरदेखि पर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
दोलखा जिल्लामा ज्याला मजदुरी काम गर्दै आएका दाजु बीरहादुर तामाङ केही दिन अगाडि मात्र घर आएको परिवारले बताएका छन् । घटनापछि दाजु बिरबहादुर फरार रहेकाले हत्या दाजुले नै गरेको प्रहरीको पुर्वानुमान रहेको छ ।