आफ्नीलाई अर्कैको अँगालोमा देखेपछि अम्बाको रुखमा बास!!

वाराणसी, भारत । यी श्रीमानको दुखद् अवस्था पढेर तपाईलाई पनि हैरान लाग्नेछ । भारतको वाराणसीका एक यी व्यक्तिको आफ्नी श्रीमती अन्य पुरुषका साथ यौन क्रियामा लिप्न रहेको अवस्थामा देखेपछि उनले अनौठो कदम उठाएका छन् । आफ्नीले आफ्नै अगाडि धोका दिएपछि उनले सहन गर्न सकेनन् । श्रीमतीलाई पनि खुबै सम्झाए । तैपनि उनी मानिनन् । त्यसपनि श्रीमानको यो संसारबाटै मोहभंग भयो । त्यसपछि उनले प्रण गरे कि अब यो धरतीमा रहने छैन । उनी गत ९ महिनादेखि एउटा अम्बाको रुखमा बसेर दिनरात बिताइरहेका छन् । विगत ९ दिनदेखि अम्बाको रुखको एउटा हाँगामा बसेका वाराणसी चोलापुर ब्लक रामगाउँका सञ्जय भन्छन्–म आफ्नी श्रीमती तारालाई धेरै माया गर्दथेँ । उनलाई मैले मुम्बई पनि घुमाएँ । तर, मेरी श्रीमती धोकेबाज निस्किइन् । उनले छिमेकीको एउटा केटासँग सम्बन्ध कायम गरिन् । उनलाई मैले उक्त केटाका साथ यौनक्रियारत अवस्थामा देखेँ ।



सञ्जयका अनुसार ९ मार्चका दिन उनी तारालाई लिएर बनारस आए । त्यही बसेको भए श्रीमती पुनः त्यही केटा भेट्ने डर थियो । जुन उनलाई सैह्य थिएन । गाउँ आएपछि तारा मुम्बई जाने जिद्दी गर्न लागिन् । यही विषयमा भएको विवादपछि उनी माइत गइन् । त्यसपछि श्रीमतीप्रति उनमा घृणा पैदा भयो । अनि उनले यही अम्बाको रुखलाई आफ्नो निवास बनाए । उनको माग छ, जबसम्म ताराले माफी माग्ने छैनन तबसम्म उ रुखबाट ओर्लने छैन ।

सञ्जयकी आमा कुशमा देवीका अनुसार ९ मार्चमा उ अम्बाको रुखमा चढेको हो । उत्रन आग्रह गर्दा सञ्जयले आत्महत्याको चेतावनी दिने गरेको छ । लामो प्रयासपछि पनि रुखबाट उतार्न नसकेपछि त्यही हेरचाह गर्ने गरिएको आमा कुशमाले बताइन् । यसअघि श्रीमान श्रीमतीबीच सामान्य झगडा भएको आमा कुशमाको भनाइ छ । त्यसलगत्तै सञ्जय रुख चढेको हो । सञ्जयकी बहिनी निशाका अनुसार भाउजुलाई दाइले कुनै युवकका साथ देखेका थिए । मुम्बईबाट गाउँ आएपछि निकै झगडा पनि भएको थियो । त्यसपछि भाउजु माइत गइन्, दाई रुख चढे । स्थानीय रितेशका अनुसार १ दिन या २ दिनमा सञ्जय भूँइमा झर्ने गरेको छ । केही खाना खान्छ । अरु बेला अम्बाको रुखमा भएका अम्बा नै खाने गरेको छ । रुखमै नित्य क्रिया पनि गर्छ । गाउँले मिलेर उसलाई भूँमा ओराल्ने धेरै कोशिस गरियो, तर सम्भव भएन । सञ्जयकी आमा कुशमाका कामना छ, उ सुरक्षित रहोस् भगवानसँग कामना गर्दछु । जबरजस्ती गर्दा कुनै अप्रिय कदम नउठाओस् । त्यसैले घटनाबारे गाउँबाहिर कतै बताएका छैनौ ।

बीएचयुका बरिष्ठ मनोचिकित्सक डा. सञ्जय गुप्ताका अनुसार यस्ता विरामीमा साइकोसिस हुने गर्दछ । उनीहरुको दिमागमा कुनै दृष्य बस्छ । त्यसलाई उनीहरु बाहिर निकाल्न सक्दैनन् । बरु उनीहरु विस्तारैविस्तारै वास्ताविक जीवनमा हट्छन् । त्यति मात्र होइन यस्ता मानिस स्वयम आफ्नो अलग संसारको कल्पना पनि गर्दछन् । यस्ता मानिस कहिँ पनि रहन तयार हुन्छन् । एजेन्सी