बुद्ध जयन्तीका दिन खसीबोकाको बलि चढाइँदैछ एउटा मन्दिरमा...
११ जेठ,सिरहा ।आझ बुद्ध जयन्ती देशभर मनाईदै छ । शान्तिको अग्रदुत भनेर गौतम बुद्धलाई चिनिने भएर आजको दिन हिंसालाई वर्जित नै गरिएको छ। तर सिरहाको ढोढना गाविसमामा रहेको एउटा मन्दिरमा भने आज हजारौं खसी बोकाको बली चढाउने श्रद्धालुहरुको भिड लागेको छ ।
सिरहाको लहानदेखि करिब ८ कि.मी. उत्तरमा पर्ने ढोढना गाविस ३ स्थित चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवीको मन्दिरमा आजकै दिन बलि चढाउने गरिएको छ। बोका, कुखुरा, हाँस, परेबा लगायत लाखौ पशुपंक्षीहरुको वलिका कारण वैशाख पूर्णिमामा त्यहाँ रगतको खोलो नै बगाइन्छ आजकै दिन ।तर वैशाख पूर्णिमाकै दिन वलि दिइने सो मन्दिरको वलिप्रथा आजको भने होइन् करीब १२५ वर्ष अघि देखी यहाँ यस्तै गरिन्छ ।
पुजारी डम्बर बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा वलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा शुरु भएको थियो ।
यो अचम्मको प्रथासंग जोडएको किंवदन्ति यस्तो छ.. परापुर्वकालमा चौधरी र भट्टहरुको परिवार रहेको गाउँबाट त्यस क्षेत्रमा १०० भन्दा बढी गाईवस्तुहरु चराउन लगिन्थ्यो । तर प्रत्येक दिन गाई हराउन थालेपछि त्यतिखेर गाउँका ठूला धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा वलि चढाए र भाकल गरी पुजा गर्ने हो भने सबै समस्या टर्ने बताइन् । देवीले सपनामा दिएको दर्शन र उहाँको भनाईमुताबिक स्थानीयबासिन्दाले उनै दिलाराम भट्ट र उहाँको जेठो सन्ततीलाई मुल पुजारी बनाउने निर्णय गरी देवीस्थान बनाई बलिप्रथा गर्दै आएका छन् ।
पहिले चर्चा नपाएको उक्त मन्दिरमा वरपरका गाउँका स्थानीयबासिन्दाले मात्र वलि र पुजा गरेपनि केही वर्षदेखि भारतको विहार र विभिन्न स्थानबाट हजारौ भक्तजनहरुको घुईंचो लाग्ने गरेको छ । मेलामा करिब १० हजार भन्दा बढी श्रद्धालुहरुको भिड लागेको अनुमान गरिएको छ ।