लाजिम्पाटमा नाती भित्राउन प्रचण्डलाई महाभारत

१५ जेठ, काठमाण्डौ । मान्छेमाथि, त्यो पनि एउटा नाबालक माथि भयानक मोलतोल चल्दै छ । तर, सवै मानिस बिक्रिका लागि दाम्लोमा बाँधिन तयार हुँदैन रहेछन । उर्मिला अर्यालदेखि रेखा थापासम्मलाई थपडी पिटाई-पिटाई पार्टीमा हुल्ने प्रचण्डका लागि अहिले आफ्नै नातीलाई घर भित्राउन महाभारत आइलागेको छ ।



पुत्र प्रकाशले बिना मगरलाई तेस्री श्रीमती बनाएपछि अलपत्र परेकी सिर्जना अहिले छोरा प्रसिद्धसहित माइतीघर पोखरामा छिन् । त्यहीँको स्थानीय स्कुलमा भर्ना भएर पढिरहेका प्रसिद्धलाई सिर्जनाले स्कूल लाने लैजाने गर्छिन् ।

अहिले तिनै प्रसिद्धका लागि सिर्जना र लाजिम्पाटवीच तनाव भएको छ । प्रचण्ड र पत्नी सीतामात्र हैन प्रकाश पनि प्रसिद्धलाई फिर्ता ल्याउन चाहान्छन तर सिर्जनालाई हैन् । अहिले दाहाल परिवारले सिर्जनालाई ७५ लाख रुपैयाँको अफर गरेको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । स्रोतका अनुसार छोरो माग्ने प्रचण्ड परिवारलाई सिर्जनाले भनेकी छिन-’बच्चा लानेभए मेरो लासमाथि टेकेर लगे हुन्छ, मलाई पैसाको प्रलोभन दिनै पर्दैन् ।’

केही समयअघि उनले प्रकाशसँग ठ्याक्कै अनुहार मिल्ने छोरा प्रसिद्धको फोटो फेसबुकमा राख्दै भनेकी थिइन-’टेन्सन, टेन्सन, टेन्सन । सो बोरिङ लाईफ, यही छोराका लागि बाँच्नु छ ।’ सिर्जनाले फेसबुकमा थप भावुक पंक्ति लेखेकी थिइन- अन्जान यात्रा, बिना उदेश्य कहाँ भडकिएँ म । न छु तल न छु माथि कहाँ अड्कीएँ म ??? एउटा छ मुटु कति टुक्रा पारुँ, एउटा छ जीवन कतिचोटी मरुँ ?