आज गणतन्त्र दिवस, नागरिक र सरकारका छुट्टै कार्यक्रम

१५ जेठ, काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको पाँच वर्ष पूरा भएर आजदेखि ६ वर्ष प्रारम्भ भएको छ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा. रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्नुभएको छ ।



गणतन्त्र ल्याउन आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नागरिक समाजका अगुवा एवं पेशागत संगठनहरुको सञ्जाल पापडले सरकारी दिवस बहिस्कार गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश पदबाट राजीनामा नदिई खिलराज रेग्मी सरकार प्रमुृख बनेकोमा विरोध जनाउँदै आएका नागरिक अगुवाहरुले बुधबार बिहान अलग्गै नागरिकको गणतन्त्र दिवस मनाउने घोषणा गरेका छन् ।

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको आतिथ्यमा बुधबार विहान टुँडीखेलमा सरकारी गणतन्त्र दिवसको आयोजना गरिएको छ भने त्यही बेला नयाँ बानेश्वरमा पापडले ‘नागरिक गणतन्त्र दिवस’ आयोजना गरेको छ ।

राष्ट्रपति डा. रामवरण यादवले बुधबार बेलुका शीतलनिवासमा गणतन्त्र दिवसका अवसरमा विगतमा जस्तै भोजको आयोजना गर्नुभएको छ । केही नागरिक अगुवाहरुले सरकारी कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन्