फास्ट एन्ड फ्युरियसको दुई दिनमा २५ करोड डलर कमायो

सडकमा मोटर हुइक्याउँदै लोकप्रिय बनेको फास्ट एन्ड फ्युरियसको छैटौं सिक्वेलले सुरुको दुई दिनमा २५ करोड ६५ लाख डलर कमाएको छ। नेपालका मल्टिप्लेक्समा पनि यो फिल्म अहिले सबैभन्दा बढी सोमा चलाइएको छ।



विश्वका ६० मुलुकमा एकैसाथ रिलिज गरिएको यो फिल्मले यसअघि आफूले बनाएका सबै रेकर्ड तोडेको छ। ब्लकबस्टर घोषणा गरिएका एक्सन फिल्महरुले सातामा १० करोड डलरसम्म कमाउन सकेकोमा यसले सबैका रेकर्डलाई माथ दिएको हो।