एसएलसी दिन नपाउँदा दुइ छात्रा बेहोस !!

झापा, चैत १ – विद्यालयको लापरबाहीले एसएलसी परीक्षा दिन नपाएका झापा काँकडभिट्टाका दुई जना विद्यार्थी बेहोस भएका छन्। परीक्षाका लागि तयार रहेका दुइ विद्यार्थी त्यत्तिबेला खंग्रंग भए, जब प्रवेशपत्र लिन विद्यालय पुग्दा स्कुलले उनीहरुलाई परीक्षा दिन नपाउने खबर सुनायो ।



काँकडभिट्टास्थित मेची मोडेल एकाडेमीबाट एसएलसी दिने तयारीमा रहेका निकिता चौलागाईँ र सरस्वती शिवाकोटी परीक्षा दिनबाट बञ्चित भएका हुन्। स्कुलले यस्तो खबर सुनाउनासाथ निकिता बेहोस छिन्। उनको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।

‘डकुमेन्ट नपुगेको कारण उनीहरुले परीक्षा दिन नपाउने’ भएको विद्यालयका प्रिन्सिपल पुष्प पौडेलले बुधबार छात्राहरुका अभिभावकलाई जानकारी दिएका थिए। एसएलसी दिनका लागि आवश्यक पर्ने सबै कागजात र शुल्क विद्यालयलाई बुझाइसकेको विद्यार्थीको परिवारले जनाएको छ। परिवारका अनुसार गएको असारमा फर्म भर्दा सबै कागजात पूरा गरिएको छ। तर, प्रिन्सिपल पौडेलले भने परिवारलाई अब एक वर्ष स्कुलले सित्तैमा पढाईदिने र अर्को वर्ष परीक्षा दिन मिल्ने व्यवस्था गरिदिने आश्वासन