विदेश जाने कामदारको सेवा शुल्क रोजगारदाताले नै बेहोर्नुपर्ने

१७ साउन, काठमाण्डौं । सरकारले खाडी मुलुकमा वैदेशिक रोजगारमा जाने कामदारलाई विदेशका रोजगारदाताले नै सेवाशुल्क उपलब्ध गराउने प्रावधानका लागि प्रक्रिया सुरु गरेको छ । नेपालका मेनपावर कम्पनीबीच नै अस्वस्थ प्रतिस्पर्धा भएकाले ठूलो सेवाशुलक घटाउन विदेशको रोजगारदाताले बेहोर्ने प्रावधानका लागि प्रक्रिया सुरु गरेको हो ।
सरकारले कामदारको सेवाशुल्क विदेशी रोजगारदाताले बेहोर्ने प्रावधान पूर्ण कार्यान्वयनमा ल्याउँदा हाल कामदारका लागि निर्धारण गरिएको लागत खर्चमा २० देखि २५ हजार रुपैयाँ कमी आउने विश्लेषण गरेको छ ।
कतार, साउदी, अरेबिया र संयुक्त अरब इमिरेट्सका रोजगारदातामा नेपाली कामदार लिन ठूलो अभिरुचि भए पनि त्यसको लाभ नेपालले लिन नसकेको नयाँ पत्रिकामा खबर छ । वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले व्यवसायीमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हटाउन सरकारले सेवाशुल्कको प्रावधान परिमार्जन हटाउन सरकारले सेवाशुल्कको प्रावधान परिमार्जन गर्न लागिएको बताए ।