पारस शाहलाई सामान्य वार्डमा सारियो

चैत १ – गत फागुन ८ गते थाइल्यान्डको समितिभेज सुखुम्भित अस्पतालमा भर्ना गरिएका पूर्वयुवराज पारस विक्रम शाहलाई आज सामान्य वार्डमा सारिएको छ ।



उनका सबै मुख्य अङ्ग स्थिर रहेको अस्पतालका मुटुरोग विशेषज्ञ डा सायन चिपुडोम्वितले जारी गरेको पछिल्लो स्वास्थ्य स्थितिमा जनाइएको छ । उनको हृदयगति रोकावटको लक्षण नदेखिएको तथा कलेजो र मिर्गौलाले गर्ने काम सामान्य अवस्थामा आएको तथा नसासम्बन्धी दुर्बलता भने आंशिक रुपमा रहेको बताइएको छ ।

त्यस्तै टाउकाको एमआरआइ सामान्य रहेको छ । उनलाई लामो अवधिको उपचार गरिनुपर्ने पनि जनाइएको छ ।