तिन नायिकासँग साहरुखको मस्ति (फोटो फिचरसहित)

जी नेटवर्कले हरेक बर्ष झै यो बर्ष पनि ‘जी सिने अवार्ड’ आयोजना गरेको छ । अवार्ड कार्यक्रममा सिंगो बलिउड नै सहभागी भएको थियो । कार्यक्रममा साहरुख खान, रणविर कपुर, अभिषेक बच्चन, विद्या बालान, पि्रयंका चोपडा, दिपिका पादुकोण लगायतका चर्चित कलाकारहरु पुगेका थिए ।

जी सिने अवार्ड नायक साहरुख खानका लागि विशेष रहन पुग्यो । साहरुखले बलिउडका चर्चित निर्देशक स्वर्गीय यश चोपडाको संझनामा विशेष प्रस्तुती राखेका थिए । उक्त प्रस्तुतीमा उनलाई नायिकाहरु करिश्मा कपुर, कटि्रना कैफ, अनुष्का शर्माले साथ दिएका थिए ।
साहरुखले यो अवार्डमा आफुले यश चोपडालाई श्रद्धाञ्जली दिदै विशेष प्रस्तुती राख्ने पहिले नै बताएका थिए । अवार्डमा साहरुखले वेष्ट इन्टरनेशनल आइकनको अवार्ड हात पारे । यस्तै रणविर कपुरले उत्कृष्ट नायक, पि्रयंका चोपडाले उत्कृष्ट नायिकाको अवार्ड जितेका छन् ।


यहाँ क्लिक गर्नुहोस्