छोरीलाई जबरजस्ती गर्ने बाबु पक्राउ
फागुन २८ – छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सीमरा बाराका बिष्णुबहादुर खड्काले बिहेको गरेको श्रीमतीसँगै आएकी झटेकेलो छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको भनि उनीबिरुद्ध पीडित किशोरीले प्रहरीलाई उजुरी दिएकी छन्।
४० बर्षे खड्कालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पहिलो श्रीमामनबाट जन्मिएको छोरीकी आमासँग उनले केही वर्षअघि बिहे गरेर छोरीसहित ल्याएका थिए। वीरगञ्जको नगवास्थित भाडाको कोठामा राखी फागुन ११ देखि २० गतेसम्म दिनहुँ जबरजस्ती शारीरिक सम्बन्ध बनाएको भनि अन्दाजी १५ वर्ष उमेर पुगेकी ती किशोरीले बाबुविरुद्ध प्रहरीलाई उजुरी दिएकी छन्।
आफूसँग त्यस्तो काम बाबुले दिनदिनै गर्न थालेपछि आजित भएर प्रहरीमा आउनु परेको भन्ने प्रहरी महिलालाई उनले बताएकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साले नारायणी उपक्षेत्रीय अस्पतालमा किशोरीको शारीरिक परिक्षण गराएर मुद्दा अगाडी बढाएको छ। अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ’, प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले भने।
नातामा छोरी पर्नेसँग करणी गरेको अपराधमा खड्काउपर हाडनाता करणीको मुद्दा स्थापित हुन नसक्ने प्रहरीको भनाइ छ। सोमबार प्रहरीले उनलाई जिल्ला अदालत पर्सामा पेश गर्ने भएको प्रहरी निरीक्षक द्वारिका घिमिरेले जानकारी दिएका छन्।(नागरिक)