फ्लाईका स्मार्टफोन नेपाली बजारमा भित्रिए ,अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्षम भएको दाबि
२९ जेठ, काठमाडौं । भारतीय मोबाइल ब्राण्ड फ्लाईका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएका छन् । फ्लाईका स्मार्टफोनहरु नेपालमा पहिलोपटक भित्रिएका हुन् । फ्लाईका ‘एफ ४०’ ‘एफ ५१’ र ‘एफ ५० एस’ मोडलका स्मार्टफोनहरुको बुधबारदेखि नेपाली बजारमा बिक्री सुरु गरिएको छ । यसअघि फ्लाइका फिचर फोनहरु मात्र नेपालमा बिक्री हुँदै आएका थिए ।
फ्लाई मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता पि्रज्म टेक्नोलोजी प्रालिले नेपालमा पहिलोपटक फ्लाईका स्मार्टफोनहरु बिक्री सुरु गरेको हो । ‘मंगलबार भारतबाट स्मार्टफोन नेपाल ल्याईसकेका छौं’ कम्पनीको नेशनल सेल्स म्यानेजर गौरव बराइलीले भन्नुभयो- ‘बुधबारदेखि स्मार्टफोनको बिक्री सुरु गरेका छौं ।’ फ्लाईका स्मार्टफोनहरु नेपाली उपभोक्ता सुहाउँदा भएको उहाँले दाबि गर्नुभयो । सस्तो मूल्यमा अत्याधुनिक सेवा-सुविधा उपलब्ध गराइएको हुँदा फ्लाईका स्मार्टफोनले नेपाली उपभोक्ताको मन जित्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सुविधा कस्ता छन् ? नेपाल भित्रिएका स्मार्टफोनका ३ मोडलमध्ये ‘एफ ५१’ र ‘एफ ५० एस’ मोडलमा ५ इन्चको टच स्त्रिन रहेको छ भने ‘एफ ४०’ मा ३.८ इन्चको टच स्त्रिन रहेको छ । रिजनल ब्राण्डका स्मार्टफोन बजारमा प्रतिस्पर्धामा उत्रिएपछि फ्लाईले पनि आफुलाई बजारमा दहरो रुपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
‘एफ ५० एस’
५ इन्चको टचस्त्रिन भएको यो मोडलको नेपाली बजारमा १७ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । एन्ड्रोइड ४.० अपरेटिङ सिष्टम भएको यस स्मार्टफोनमा डिउल कोर प्रोसेसर रहेको छ । यसमा ५१२ एमबी र्याम र ४ जीबी रोम रहेको छ । आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीको दाबि छ ।
थि्रजी, ब्लुटुथ, २०००एमएएच क्षमताको ब्याटि, एफ रेडियो, जिपिआरएस लगाएतका सुविधा भएको यस स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक लाग्छ ।यस स्मार्टफोनको अर्को विशेषता गुणस्तरीय साउन्ड सिष्टम हो । यसमा अडियो भिडियो प्लेयर, १ हजार एसएमएस र फोन नम्बर स्टोरेज क्षमता रहेको छ । स्मार्टफोनमा पछाडी ५ मेगापिक्सेल क्यामेरा र अगाडी २ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
‘एफ ५१’
यस स्मार्टफोनको नेपाली बजारमा १२ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । १ गिगाहर्जको डिउल कोर प्रोसेसर रहेको यसमा ४.० आइसिएस अपरेटिङ सिष्टम रहेको छ । यसमा पछाडी ५ मेगापिक्सेल र अगाडी २ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
ब्लुटुथ, जिपिआरएस, ५१२ एमबी र्याम, ४ जीबी रोम, वाईफाई अडियो, भिडियो प्लेयर, १८०० एमएएच क्षमताको ब्याटि्र, आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने लगाएतका दर्जनौ सेवा-सुविधाहरु स्मार्टफोनमा रहेका छन् । यो मोडलको स्मार्टफोन किन्दा एउटा छुट्टै कभरसमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसको टच स्त्रिन ५ इन्चको रहेको छ ।
‘एफ ४०’
३.८ इन्चको टच स्त्रिन भएको यस स्मार्टफोनको नेपाली बजारमा ७ हजार १ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । एन्ड्रोइड २.३ जिन्जरबे्रड अपरेटिङ सिष्टम रहेको यसमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । यसमा पछाडी ३.२ मेगापिक्सेल र अगाडी भिजिए क्यामेरा जडान गरिएको छ । यस स्मार्टफोनमा १७० एमबी इन्टरनल मेमोरी रहेको छ भने २५६ एमबी र्याम र ५१२ एमबी रोम रहेको छ । वाईफाई, ब्लुटुथ, ३.५ एमएम अडियो ज्याक, १४०० एमएएच क्षमताको ब्याटि्र, जिपिआरएस लगाएतका सुविधाहरु रहेका छन् ।