चौपायाधनीमाथि पनि ट्राफिक कारबाही हुने
२३ चैत, काठमाण्डौं । घरपालुवा चौपायालाई सडकमा छाडा छाडेको पाइए चौपायाधनीमाथि पनि ट्राफिक नियम उल्लघंनको अभियोगमा कारबाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाण्डौं महानगरपालिकाले संयुक्त कार्यक्रम सञ्चालन गरी गाईबस्तुलाई छाडा छाड्ने कार्य निरुत्साहन तथा दुर्घटना न्यूनीकरण अभियान थालेका हुन् ।
म्हानगरीय ट्राफिक प्रहरी प्रवक्ता डीएसपी पवनकुमार गिरीले सडकमा जथाभावी छाडिएका गाईबस्तु नियन्त्रण तथा सवारी आवागमनमा सहज बनाउन नयाँ अभियान थालिएको बताए । छाडा गाईबस्तुका कारण ट्राफिक आवागमन असहज हुनुका साथै मलमुत्रमा विशेषगरी दुईपांग्रे सवारी चिप्लिएर दुर्घटना हुने गरेको उनले बताए ।
यो अभियानअन्तर्गत महानगरीय ट्राफिक प्रहरी र महानगरपालिकाले केही दिनअघिबाट छाडा गाइबस्तुलाई सकडबाटै नियन्त्रणमा लिई टेकुस्थित कान्जी हाउसमा व्यवस्थापन गर्दै आएको खबर कारोबार दैनिकले छापेको छ ।
सोमबारदेखि सुरु भएको यो अभियान अन्तर्गत राजधानीका विभिन्न स्थानबाट ४० गाई, गोरु नियन्त्रणमा लिई कान्जी हाउस पठाइएको महाशाखाले जनाएको छ । महानगरपालिकाले नियन्त्रणमा लिएका चौपाय फिर्ता गर्दा न्युनतम १ हजार रुपैयाँ लिँदै आएको छ । यो बर्ष मात्र नियन्त्रणमा लिएका ३ सय मध्ये १ सयलाई फिर्ता गरेको र बाँकी उपत्यका आसपासका जंगलमा लगेर छाडिएको नगररक्षक सापकोटाले बताए ।onlinekhabar.com