भक्तपुरको जंगलमा एक जोडी कंकाल; एउटा रुखमा झुण्डिएको, अर्को जमिनमा

प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजे फेला परेको ती कंकालहरु कसका हुन् भन्ने बारे केही थाहा हुन सकेको छैन।
रुखमा झुण्डिएको अवस्थामा रहेको कंकाल पुरुषको र जमिनमा रहेको कंकाल महिलाको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। जमिनमा रहेको कंकाल नजिकै एउटा सलसमेत फेला परेको छ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
Source: नागरिक