त्रिशुलीमा वेपत्ता भएका कर्माचार्य अझै बेपत्ता
२८ फागुन, नुवाकोट । माछा मारेको हेर्ने क्रममा चिप्लिएर शनिबार साँझ त्रिशुली नदीमा खस्नुभएका डिभिजन सिंचाई कार्यालय नुवाकोटका सब इञ्जिनियर रमेश कर्माचार्यको खोजी कार्य तिव्र बनाइएको छ ।
कर्माचार्यको पछिल्लो अबस्था थाहा नभएपछि तनहुँको कुरिन्टारबाट आएको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले त्रिशुली नदीको बाङ्गे रहसहित अन्य स्थानमा खोजी गरेको छ ।
शनिबार साँझ चारघरे गाँउ विकास समिति वडा नम्बर २ मा पर्ने बाङगे रहमा स्थानीयहरुले माछा मारेको हेर्न जाने क्रममा बेपत्ता हुनुभएका कर्माचार्यको हिजो दिन भर खोजी गरेपनि कुनै पत्तो लाग्न नसकेपछि साँभलबाट गोताखोर टोली परिचालित भएको हो ।
शनिबार साँझ ६ बजेतिर त्रिशुली नदीमा वेपत्ता हुनुभएका २५ वर्षीय कर्माचार्यलाई गोताखोर सहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका पनि पछिल्लो अबस्था पत्ता लाग्न सकेको छैन ।
सिचांइ कार्यालय नुवाकोटमा कार्यरत कमाचार्यको स्थायी ठेगाना भक्तपुर सूर्य विनायक भएको प्रहरीले जनाएको छ ।