फेसबुकका मालिक जुकरवर्ग सर्वोत्कृष्ट हाकिम

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरवर्गले विश्वको सर्वोत्कृष्ट हाकिमको उपाधि पाएका छन् ।

इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले जुकरवर्ग विश्वका उत्कृष्ट प्रमुख कार्यकारी मध्ये एक नम्बरमा आउन सफल भएका हुन् । सम्बन्धित कम्पनीकै कर्मचारीसँगको सोधपुछका आधारमा गरिएको सर्भेक्षणका क्रममा फेसबुकका ९९ प्रतिशत कर्मचारीले जुकरवर्गको प्रसंसा गरेको पाइयो ।


विश्वका उत्कृष्ट हाकिमको दोश्रो स्थानमा भने जर्मन सफ्टवेयर कम्पनी सापका उपप्रमुख बिल म्याक डेर्मोट रहेका छन् । तेश्रो स्थानमा सापकै जिम हेगम्यान रहेका छन् ।

इन्टरनेट जाएन्ट गुगलका प्रमुख ल्यारी पेज भने ११ औँ स्थानमा छन् । गुगलका ९५ प्रतिशत कर्मचारीले मात्र पेजलाई मन पराएका छन् ।

त्यस्तै अमेजन डट कमका प्रमुख जेफ बेजोस सोह्रौँ र एप्पलका प्रमुख टिम कुक १८ औँ स्थानमा छन् ।

फेसबुकका संस्थापक जुकरवर्गप्रति कम्पनीका युवा कर्मचारी नतमस्तक रहेको पाइएको छ । खासगरी जुकरवर्गको ‘छिटो अघि बढ, नडराउ’ भन्ने नाराकै कारण फेसबुकले ठूलो प्रगति गर्न सकेको धारणा उनीहरुको छ ।