चुनाव गरे प्रचण्डको खुट्टा भाँचिन्छः वैद्य
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले यहि स्थितिमा संविधानसभाको चुनाव गरे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको खुट्टा भाँच्ने चेतावनी दिएका छन् ।
सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा सोमबार नेकपा-माओवादीले अनेकोटमा आयोजना गरेको सभामा वैद्यले यस्तो चेतावनी दिएका हुन् । ‘चार पार्टीले घोषणा गरेको चुनाववको औचित्य छैन,’ वैद्यले भने, ‘यो चार पार्टीकोमात्र देश होइन, जनयुद्धमा गएको ठूलो शक्ति बाहिर छ, यस्तो स्थितिमा चुनाव भए कांग्रेस एमालेसँगै प्रचण्डको पनि खुट्टा भाँचिन्छ ।’
वैद्यले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी शक्ति’ले चलखेल गरेको बताए । एमाओवादी अध्यक्ष दाहालले प्रधानन्यायाधीश स्वीकारेर देशलाई फासिवादतिर लगेको उनको आरोप छ ।
दाहाललाई राजाको स्तरमा लगेकाले देश र जनताका लागि उनले ठूलो गद्दारी गरेको उनले बताए ।
वैद्यले चुनवाङ बैठकपछि दाहाल बाबुराम भट्टराईको पथमा विलिन भएको आरोप लगाए । उनले जनताको अधिकारका लागि जनआन्दोलन गर्ने, जनआन्दोलन दबाए बन्दूक उठ्ने चेतावनी दिए । तर अब हुने आन्दोलन जनयुद्धजस्तो नहुने उनको भनाइ थियो ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएपछि संसदीय व्यवस्था ध्वस्त भएको वैद्यको धारणा थियो ।
सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा सोमबार नेकपा-माओवादीले अनेकोटमा आयोजना गरेको सभामा वैद्यले यस्तो चेतावनी दिएका हुन् । ‘चार पार्टीले घोषणा गरेको चुनाववको औचित्य छैन,’ वैद्यले भने, ‘यो चार पार्टीकोमात्र देश होइन, जनयुद्धमा गएको ठूलो शक्ति बाहिर छ, यस्तो स्थितिमा चुनाव भए कांग्रेस एमालेसँगै प्रचण्डको पनि खुट्टा भाँचिन्छ ।’वैद्यले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी शक्ति’ले चलखेल गरेको बताए । एमाओवादी अध्यक्ष दाहालले प्रधानन्यायाधीश स्वीकारेर देशलाई फासिवादतिर लगेको उनको आरोप छ ।
दाहाललाई राजाको स्तरमा लगेकाले देश र जनताका लागि उनले ठूलो गद्दारी गरेको उनले बताए ।
वैद्यले चुनवाङ बैठकपछि दाहाल बाबुराम भट्टराईको पथमा विलिन भएको आरोप लगाए । उनले जनताको अधिकारका लागि जनआन्दोलन गर्ने, जनआन्दोलन दबाए बन्दूक उठ्ने चेतावनी दिए । तर अब हुने आन्दोलन जनयुद्धजस्तो नहुने उनको भनाइ थियो ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएपछि संसदीय व्यवस्था ध्वस्त भएको वैद्यको धारणा थियो ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं