३ सय ९० परीक्षार्थीलाई चिट चोराउन १ हजार अभिभावकको घुइचो

६ चैत, रुकुम । नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षासँग सम्बन्धित विभिन्न निकायहरुले यस बर्षको प्रवेशिका परीक्षा मर्यादित भएको दाबी गरे पनि रुकुमको अधिकांश परीक्षा केन्द्रमा भने यस बर्षको प्रवेशिका परीक्षा अमर्यादित बनेको छ ।



परीक्षामा परीक्षार्थी भन्दा चिट चोराउनेहरुको भीड लाग्ने गरेको छ । सदरमुका बाहिरका परीक्षा केन्दैहरुमा जिल्ला शिक्षा कार्यालयबाट गएको अनुगमन थोलीले परीक्षा मर्यादित नभएको बताएको छ ।

परीक्षा केन्द्रमा विहान ८ बजे पुग्दा परीक्षार्थीहरु परीक्षा हलभित्र पसिरहेका थिए, भने उनीहरुका साथीहरु, आफन्त, अभिभावक, स्थानीय गाउँलेहरु परीक्षा केन्द्रको वरिपरि झुम्मिन थालिसेका थिए । बाँफिकोटको परीक्षा केन्द्रमा ३ सय ९० परीक्षार्थीका लागि चिट चोराउन भेला भएका अभिभावकको संख्या झन्डै एकहजार भन्दा बढी भएको नेपाल समाचारपत्रमा खबर छ ।