कण्डमबिरुद्ध अदालतमा मुद्दा !

बयस्क फिल्मका कलाकारहरुले कण्डम लगाउनु पर्ने लस एन्जलसको कानुनलाई अमेरिकाको दुई ठूलो पोर्न कम्पनीले चुनौती दिएका छन् ।

विविड इन्टरटेन्टमेन्ट र क्याफिल प्रोडक्सनले उक्त कानुन अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । कण्डम नलाउने जन्मसिद्ध अधिकार भएको भन्दै विविडका संस्थापक स्टीवनले भनेका छन्-’यो कानुनलाई उल्टाउन म प्रतिवद्ध छु ।’ यो कानुन कार्यान्वयन भए आफूहरुको व्यापार चौपट हुने र गैरकानुनी ढंगले फिल्म बन्ने व्यवसायी तथा कलाकारहरु बताउँछन् । बेलायती पोर्न स्टार किरन ली भन्छन्-’घरमा पोर्न फिल्म हेर्नेहरु कण्डमका साथ पोर्न हेर्न रुचाउँदैनन् ।’ मेजर बी नामले परिचित उक्त कानुनलाई स्थानीय मतदाताले गत नोभेम्बरमा पारित गरेका थिए । यो कानून कार्यान्वयनपछि क्यालिफोर्नियामा बयस्क फिल्म बनाउन अनुपति लिँदा कलाकारले कण्डम लगाउने सर्त राखिन्छ । यो कानुनले बयस्क फिल्ममा काम गर्ने कलाकारहरुलाई एड्सबाट बचाउने एड्स हेल्थकेयर फाउण्डेसनले जनाएको छ ।भिडियोसहित हेर्नुहोस्