मालती ! मलाई माफ नगर -कथा (श्रीरामसिंह बस्नेतको कथासंग्रह यौनका फूल, यौनका काँडाबाट)

अचानक आज मालतीसँग जम्काभेट भयो- नेपालगन्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, आज त्यसको ठीक विपरीत उसलाई भेट्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि उससँग बिताएका क्षणहरू अहिले मेरो मानसपटलमा एक-एक गरी दोहोरिन थालेका छन् । त्यसैले म बेचैन भएको छु, आत्मग्लानिले पिरोलिएको छु । यो मालती त्यही मालती हो जसको कुमारीत्व तीस वर्षअघि मैले नै पहिलोपटक भङ्ग गरिदिएको थिएँ- कोठियाघाट किनारको झोपडी बस्तीमा । त्यतिखेर ऊ भरखर नवयौवनमा प्रवेश गरेकी थिई । उसलाई यौनक्रियाकलापबारे केही जानकारी थिएन । त्यसैले म अर्थात् उसको यौवनको बोहनी गर्ने पहिलो ग्राहकसँग ऊ निकै डराएकी थिई । डराएकी मात्र होइन, उसले त्यतिखेर मेरो खुट्टा समातेर रोएकी थिई, उसलाई केही नगरियोस् भनेर । तर म त्यतिखेर एउटी किशोरीको अक्षतयोनीको पहिलो उपभोक्ता बन्ने सौभाग्य पाएकामा यति उत्तेजित थिएँ कि उसका बिलौनाहरूले मलाई पगाल्न सकेका थिएनन् । बिलौना गरिरहेकी मालती मेरो लागि हत्तपत्त नपाइने आकर्षक खेलौनामात्र भइरहेकी थिई । मलाई उसका आँसुले भन्दा ती आँसु बगिरहेका उसका पोटिला गालाले लोभ्याइरहेको थियो । भर्खर उक्सन लागेका उसका छातीमा मैले प्रचुर कामुकता पाइरहेको थिएँ । यसअघि यही कोठियाघाट र अन्यत्र मैले धेरै केटीका बैँसालु शरीरलाई नोटका आडमा उपभोग गरिसकेको थिएँ । तर मालतीसँगको पहिलो भेटजत्तिको उत्तेजक अरूसँग कहिल्यै भएन । किनकि ती अरू पेसेवर भइसकेका थिए । करिब आधा घण्टाको बिलौनापछि पनि मेरो मनमा कुनै परिवर्तनको लक्षण नपाएपछि र कोठा बाहिरबाट हप्काइ आएपछि अन्ततः मालतीले आत्मसमर्पण गरेकी थिई । त्यसपछि एउटा बलात्कार गरी उसको जाँघ रक्ताम्य पारेर उसलाई पीडाकै अवस्थामा छोडी म विजयी भएको गर्व र असीम सन्तुष्टि लिएर त्यहाँबाट फर्किएको थिएँ । यसका लागि मैले मालती र त्यहाँ रहेका ऊ भन्दा पुराना चार-पाँचवटी केटीका साझा ‘फुपू’लाई राम्रै रकम बुझाएको थिएँ । फुपू पनि दङ्ग परेकी थिई । म र्फकने बेलामा भन्दै थिई- “आउँदै गर्नुस् है हजुर, मालतीमाथि त अब हजुरकै हक लाग्छ ।” त्यस रात त्यहाँबाट र्फकँदा ममा यौनसन्तुष्टिको भन्दा पनि अक्षत योनी भोगको सन्तुष्टि बढी थियो । त्यो मेरा लागि सर्वथा नौलो अनुभूति थियो । त्यसपछि पनि म कोठियाघाटकी फुपूको त्यस अखडामा बराबर जान्थेँ । मेरो पहिलो रोजाइ मालती नै हुन्थी । ऊ उपलब्ध नभए मात्र अरू हुन्थे । थाहा छैन म पछिको दोस्रो, तेस्रो ग्राहक को को भए मालतीका । तर बिस्तारै ऊ पनि अरू केटीसरह व्यावसायिक हुँदै गई । पहिलो पटक त्यसरी रोएर उत्पात गरेकी मालतीले पछिपछि आफैँले मेरा लुगा खोलेर मलाई नङ्ग्याउन पनि हिच्किचाइन । एकपटक मैले उसलाई सोधेँ – “पहिलोचोटि तिमी किन त्यसरी रोएकी ?” ऊ केही बोलिन, निहुरिरही । फेरि दोहर्‍याएर सोधेँ । उसले टाउको उठाएर मेरो आँखामा हेरी र भनी- “म यस नरकमा बसेर यस्तो काम गर्न चाहन्नथेँ ।” मैले सोधेँ- “त्यसो भए यस ठाँउमा किन आएकी थियौ त ?” “म आफैँ आएकी थिएँ त ?” “कसले ल्याएको थियो ?” त्यसपछि मालतीले आफ्ना विगतका काला दिनबारे बताई । बर्दियाको एक गाउँमा बस्ने उसको बाबु ऊ सानो छँदा नै रूखबाट खसेर मरेको, त्यसपछि उसकी आमालाई अर्कै लोग्नेमान्छेले लगेको अनि उसकी आमाले पेट बोकेकी र पछि मरेको बच्चा जन्माएकी र त्यसको भोलिपल्ट ऊ पनि मरेकी । केही समयपछि उसकी आमाको त्यस लोग्नेमान्छेले उसलाई कोठियाघाटकी र आफूले पहिले कहिल्यै नचिनेकी त्यो सबैकी फुपूकहाँ ल्याएर छोडिदिएको आदि.। आज धेरै वर्षपछि मालतीलाई अचानक अस्पतालमा रोगी र जीर्ण अवस्थामा देखेँ । उसको अनुहार ओइलाए पनि चिउँडाको कालो कोठी उस्तै रहेछ । उसलाई देखेर मेरो मन नराम्रोसँग अमिलो भएको छ । ऊसँग बिताएका सबै क्षणहरू अहिले म झल्झली सम्झिरहेको छु- सिनेमाका दृश्यजस्तै । र अहिले एउटै निष्कर्षमा पुगेको छु- मालतीलाई वेश्या मैले नै बनाएको थिएँ । उसको कुमारीत्व भङ्ग गर्ने बेलामा मैले ऊप्रति अलिकति पनि दया र विवेक राखेको भए म उसलाई त्यस नरकबाट उद्धार गर्न सक्थेँ । मैले चाहेको भए त्यतिखेर मेरो जागिर, ओहदा, आर्थिक क्षमता एउटी असहाय किशोरीलाई उद्धार गर्न नसक्ने अवस्थाको थिएन । तर ममा त्यो विवेक त्यतिखेर कहिल्यै आएन । अहिले केही विवेक आएको छ, तर धेरै ढिलो भइसकेको छ । म अहिले एक दीर्घरोगी भएको छु । अहिले जागिर, ओहदा, रबाफ, सम्पन्नता, मोजमस्ती सबैले मेरो साथ छाडिसकेका छन् । उमेरले उकालो चढिसकेको छ अनि जिन्दगी ओरालो झरिरहेको छ । अब कुनै युवतीलाई खेलौना बनाएर खेल्ने सामथ्र्य छैन र कुनै मालतीहरूको कुमारीत्व भङ्ग गर्ने आँट मसँग छैन । खुट्टा राम्रोसँग टेक्न सक्दिनँ । मुखबाट बोलीभन्दा खोकी बढी निस्कन्छ । सायद मेरै बानी-व्यवहारले होला, मेरो परिवारसमेत मबाट टाढिएको छ । अचम्म लाग्छ अहिले, के म त्यही व्यक्ति हुँ जो तरुनी भनेपछि हुरुक्कै हुने र प्रत्येक स्खलनपछि खेलको विजेता खेलाडीले जस्तो गर्वले छाती फुलाउने ? अहिले सायद म र मालती समान स्तरमा छौँ । त्यसैले होला ऊ र म दुवैजना एउटै अस्पतालमा डाक्टरलाई जँचाउन पालो पर्खेर बसिरहेका छौँ । मलाई अहिले डर लागिरहेछ, कतै मालतीले मलाई चिन्ने पो हो कि ? यदि उसले मलाई चिनिहाली भने म भन्नेछु- “मालती मलाई माफ नगर, म तिम्रो अपराधी हुँ ।’