श्रीमतीलाई गोली हानेर फेसबुकमा फोटो पोस्ट गरेपछि


 २५ साउन, एजेन्सी । अमेरिकामा एक व्यक्तिले आफनै श्रीमतीलाई मारेर सामजिक सञ्जाल फेसबुकमा फोटो तस्विर सार्वजनिक गरेर सनसनी मच्चाएका छन् ।


दक्षिणी मायामीका ३१ वर्षिय डेरेक मेडिनाले बिहिबार फ्लोरिडालाई स्तब्ध पारेका थिए ।
उनले अचानक श्रीमतीलाई मारेको भन्दै फेसबुकमा रगाताम्य श्रीमतीको फोटो पोस्ट गरेका थिए। त्यसपछि उनको फेसबुक पेजमा तिब्र प्रतिक्रिया व्यक्त गरिएको थियो ।

त्यसपछि डेरेकले यस्तो लेखेका थिए-म अब जेल जान्छु कि मलाई मृत्युदण्ड हुन्छ। म सवैलाई माया गर्छु। मिस गर्छु। टेक केयर।
उनले यति लेखेपछी प्रहरीको अनुरोधमा फेसबुकले उनको फेसबुक प्रोफाइलनै हटाएको छ।

त्यसपछि डेरेक आफै हिडेर प्रहरी स्टेशनसम्म पुगेका थिए ।
यो घट्नाले फेसबुकमा भाइरल भएको थियो,धेरै मानिसले फेसबुकमा उनलाई मृत्युदण्ड हुनु पर्ने माग गरेका छन् ।nepaliheadlines