के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साल साउन महिनाको २५ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले राजनीतिक दबाब र संबैधानिक जटिलताका कारण निर्वाचन क्षेत्र निर्धारण आयोगले यसअघिका २४० निर्वाचन क्षेत्रलाई यथावत राखेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले वेलायतमा गुन्जादै नौमति धून र्शीषकमा प्रमुख समाचार छापेको छ ।