डाक्टरले काम लाग्दैन भनेर आखाँको डल्लै झिकेर फालिदिएपछि ! (भिडियोसहित)

गाउँमा आँखाको निःशुल्क शिविर आएको माइकिङ्बाट सुनेको मोरङ सुन्दरपुर बासिन्दाको मोतिविन्दुले धमेलीएको आखाँमा दृष्टि फेरीने आशा पलायो।
तर शल्यक्रियापछि आखाँ उजेलिएनन् , उल्टै’इन्फेक्सन’ भएर काम नलाग्ने भयो। डाक्टरले काम लाग्दैन भनेर फेरि शल्यक्रिया गरे र आखाँको डल्लै झिकेर फालिदिए।अहिले उनीहरु त्यही आँखाले जीवन हरण गर्ने भयो भन्ने चिन्तामा रहेका छन् । आँखा झिकेर फालेपछि एकै चोटी धेरै समस्याले घेरिएका भानीले पण्डित, नाता, कुटुम्ब र आफन्त बोलाएर वैतरणी गराए।
अब कति दिन बाँचिने हो भन्ने पिरलोले मृत्युपछि ‘वैतरणी नदी सजिलै तर्ने विश्वास’ मा गरिने हिन्दु संस्कार अपनाए।