बुढेसकालको सहारा कुकुर
पोखरा,- आज आउला छैन, भोलि आउला छैन । न जिउँदो छ न त मरिसक्यो । कुकुर भुक्दा पनि छोरो आयो कि भनी ढोकाबाट चियाउँछिन् ६० वर्षीया देउमाया गुरुङ । ‘एक मात्र सहारा छोरा द्वन्द्व क्रममा बेपत्ता भएपछि बुढेसकालमा रातदिन पीडामा बाँच्नुपरेको छ,’ उनले भनिन् ।
आँखाभरि छोराको अनुहार मात्रै घुमिरहन्छ । भुल्छु भन्छिन्, सक्दिनन् । सबै जना छोरा के भएको सोध्न मात्रै आउँछन् । तर उनको पीडालाई कम गर्ने ‘औषधि’ ल्याइदिने कोही छैन । त्यसैले बेपत्ता नहुँदै छोराले ल्याएको कुकुर अहिले उनको पीडामा मल्हम भएको छ ।
‘छोराले १० वर्षअघि एउटा कुकुर ल्याएको थियो, अहिले त्यसबाट ५ वटा भइसकेका छन्,’ देउमायाले भनिन्, ‘यिनैलाई हेरेर, खुवाएर र स्याहारेर पीडा कम गरेकी छु । त्यसैले मेरो छोरा, सहारा जे भए पनि यिनै कुकुर भएकाले छोरासरह संरक्षण गरेर पालेकी छु ।’ छोराले ल्याएको छाउरो कुकुर गत जेठमा बूढो भएर मरिसकेको छ । उनको साथमा अहिले २ छाउरीसहित ५ कुकुर छन् ।

गीत गाउन र बजाउन सिपालु उनका २५ वषर्ीय छोरा बुद्ध भन्ने विष्णु गुरुङ २०६२ जेठ २९ गते रामघाटबाट बेपत्ता भएका थिए ।
मोटरसाइकल बाटोमै छाडेर बेपत्ता छोरालाई माओवादीले लगेको देउमायाले बताइन् । विष्णुका एक साथीले माओवादी क्याम्पमा देखेको बताएकाले उनले छोरा माओवादीबाटै बेपत्ता भएको बताएकी हुन् । सँगै बाँच्ने/मर्ने कसम खाएका श्रीमान् बुद्धिबहादुरको ४ वर्षअघि मृत्यु भएपछि उनी झनै सहाराविहीन बनेकी छन् ।
स्याङ्जाको कोल्मा स्थायी घर भएकी उनी यतिबेला पोखरा १०, रामबजारस्थित बहिनीको जग्गामा सानो छाप्रो बनाएर बसेकी छिन् । परिवारका अन्य सदस्य छैनन् । पहिले होटलमा भाँडा माझ्दै आएकी उनले कुकुरलाई हड्डी र चाउचाउ सुप ल्याएर खुवाउँथिन् । अहिले भने आईसीआरसीको सहयोगमा
स्थानीय कोपिला नेपाल नामक संस्थामार्फत केही रकम बीउपुँजी लिएर नाङ्ले पसल चलाउँदै आएकी उनले एक किलो चामल ल्याएर ५ कुकुर र आफूलाई तीनछाक पुर्याउने गरेकी छन् ।
कोपिला नेपालकी मनो- विमर्शकर्ता रीता दाहालले भनिन्, ‘उनले छोराको नाममा कुकुर पालेकी हुन्, एउटै सहारा छोरा बेपत्ता भएपछि अहिले कुकुरलाई नै सहारा मानेकी छन् ।’ कहिलेकाहीँ मनको पीडा पोख्ने व्यक्ति पनि नहुँदा कुकुरसँगै खेलेर, खुवाएर दिन बिताउने गर्छिन् । यसले पीडालाई कम गर्ने दाहालले बताइन् ।
कुकुर पनि अचम्मैको विशेषता भएका छन् । बाहिर निस्किदैनन् । कसैलाई भित्र पस्न पनि दिँदैनन् । त्यसैले देउमायाको छाप्रो सधंै खुला हुन्छ । घरको रेखदेख कुकुरले नै गर्छन् । जिल्ला बेपत्ता परिवार योद्धा समाज कास्कीका अध्यक्ष अणनाथ बरालले देउमायाले छोराको सम्झनामा कुकुर पालेर चित्त बुझाउने प्रयास गरेकी बताए ।
स्थानीय शान्ति समितिकी सदस्य सरला पाण्डेका अनुसार कास्कीमा द्वन्द्वका बेला बेपत्तामध्ये १९ ले राहत पाइसकेका, ५ ले पाउन बाँकी र ३ जनाको प्रमाणित हुन बाँकी छ । Source: ekantipur