देशभरका ७५ वटै जिल्ला प्रसाशनमा विपक्षिदलको धर्ना
११ माघ, काठमाण्डौं । सरकार बिरुद्धको आन्दोलनको घोषणा गरेका प्रतिपक्षी दलका भ्रातृ संगठनको संयुक्त संघर्ष समितिले आज ७५ वटै जिल्लाका प्रशासन कार्यालयमा धर्ना दिँदैछ ।
पत्रकार हत्याका अधियुक्तहरुलाई कारर्बाही, महिला हिंसा न्युनिकरणका लागि दवाव तथा विस्तृत शान्ति सम्झौता च्यातिदिन्छौं भन्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति फिर्ता हुनु पर्ने मागसहित संयुक्त संर्घष समितिले आज जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिन लागेको हो । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गैह्रजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति फिर्ता नलिएसम्म संयुक्त संघर्ष समितिको आन्दोलन जारी रहने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । संयुक्त संघर्ष समितिले दिउँसो एक बजे सबै जिल्ला प्रशासन कार्यालयमा एकघण्टा धर्ना दिनेछ ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं