केटीको फोटो राखेर फेसवुक चलाउदै हुनुहुन्छ? होशियार!

सामाजिक सञ्जाल फेसबुकमा एक युवतीको फोटो प्रयोग गरी ब्लाकमेलिङ गरेको आरोपमा पर्वतका पत्रकार गणेश गिरी पक्राउ परेका छन् । सदरमुकाम कुश्माकी एक युवतीको फोटो प्रयोग गरी फेसबुक सञ्चालन गर्दै आएका गिरीलाई युवतीको उजुरीको आधारमा प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो ।



युवतीले एक सातादेखि प्रहरीमा उजुरी दिए पनि शुक्रबार साझ मात्रै ति व्यक्ति गिरी भएको जानकारी पाएपछि पक्राउ गरिएको पर्वतका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रहरीले उजुरीको आधारमा आवश्यक थप अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडी बढाउने बताएको छ । पत्रकार गिरी प्रेस चौतारी पर्वतका सचिव हुन । Facebook News from npcyber.com