रोमान्स किङ भूवन भन्छन्, ‘नाङ्गीएर चलचित्रको बिकास हुँदैन -

उसो त नायक भूवन केसीलाई चलचित्रकर्मीहरुले रोमान्स किङको उपाधी पनि दिएका छन् । पर्दा भित्र र पर्दा बाहिर उनले थुप्रै युवतीसँग मस्ती पनि गरेका छन् । भूवन केसीको नाम बारम्बार यूवतीहरुसँ जोडिएको पनि छ ।bhuwan-kcनेपाली सिने नगरीमा लामो समय बिताइसकेका भूवनलाई अहिलेका धेरैजसो नायिकाहरुको नाङ्गीएर चलचित्रमा टिक्ने सोचाई ठिक लागेको छैन । उनलाई नेपाली सिनेमाको सुनौलो दिन आज छ जस्तो लाग्दैन । ‘जतिबेला संझना, सपना, कुसुमे रुमाल, करोडपती जस्ता सिनेमा प्रदर्शनमा आएका थिए, त्यस्तो अहिले कहाँ छ र’, भुवनले भने ।
नेपाली सिनेमाको बिकास र बिस्तारका लागि प्रविधीमा आधुनिकता आउनु पर्ने उनको तर्क छ । ‘तर सिनेमामा आधुनिकता भित्राउने नाममा छाडापना र नग्नता भित्रनु हुदैन’, भूवनले भने । ‘पहिले कलाकारहरुको क्रेज थियो, दर्शकमा नेपाली सिनेमा प्रतिको उत्सुकता थियो तर अहिले त्यस्ता कहाँ छ र’, भूवनले गुनासो गर्दै भने ।
नेकपा एमालेले समानुपातिक तर्फबाट उम्मेदावर बनाएपछि भूवन यतिबेला भोट माग्नमा नै व्यस्त छन् । उनले आफ्नो तिहार पनि चुनावी माहोलमै बित्ने तर्क गरे ।