तीन वर्षपछि भेटियो काटिएको नाक

वर्षसम्म बिना नाक बाँच्न विवश एक इण्डोनेसियाली महिलाले अन्ततः नाक प्राप्त गरेकी छिन् । एक जना विश्वचर्चित कलाकारले उनका लागि नाकको व्यवस्था गरिदिएका हुन् ।ओस्कार विजेता कलाकार एलेक गिलिजले ती महिलालाई कृत्रिम नाक प्रत्यारोपण गराएर उनलाई सम्मानसाथ बाँच्न पाउने अधिकार प्रत्याभुत गरेका हुन् ।







३० वर्षकी युसटिन्स नामकी ती महिलाको नाक ३ वर्षअघि घरायासी झगडाका क्रममा आफ्नै लोग्नेले काटिदिएका थिए । त्यसपछि उनले नकटा भएर दुव्र्यवहार सहँदै जिवन बिताएकी थिइन् । लाजले उनी घर बाहिर पनि निस्किन्नथिन् ।उनको यो दुखद कहानीलाई अन्त्य गर्दै कलाकार गिलिजले कृत्रिम प्रोस्थेटिक नाक तयार पारी उनमा प्रत्यारोपण गराइदिए । विशेष इफेक्ट तयार पार्ने कलाकार गिलिजलाई यस कामका लागि सहयोग गर्न ग्रोसमेन नामक संस्थाले गरेको आग्रह मुताविक उनले यस्तो काम गरेका हुन् ।