गायक यम बराल क्यासिनोबाट पक्राउ (जुवाको खालमा गायक) कसरी पक्रियो त प्रहरिले?हेर्नुस् पुरा भिडियो

काठमाडौं, ३१ जेठ। नेपाली सुगम संगीतका चर्चित गायक यम बराल शुक्रबार बिहान मल्ल होटलको क्यासिनोबाट पक्राउ परेका छन् । उनी शुक्रबार विहान जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन। दरबारमार्ग प्रहरी टोलीले लैनचौरस्थित मल्ल क्यासिनो अनुगमन गर्न गएको बेला गायक बराललाई बिहीबार राति २ बजे पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।



गायक बराललाई रातभर दरबारमार्ग प्रहरी कार्यालयमा राखिए पनि विहान १० बजे हनुमानढोका प्रहरी परिसरमा लगिएको प्रहरी उच्च स्रोतले जनाएको छ। कानून अनुसार नेपालीले क्यासिनोमा जुवा खेल्न मनाही छ । पछिल्लो समय क्यासिनोमा नेपालीको प्रवेश रोक्न कडाइ गर्न थालिएको छ । सादा पोसाकका प्रहरीसमेत क्यासिनो वरपर सक्रिय रहँदै आएको दरबारमार्ग प्रहरी कार्यालय स्रोतले जानकारी दियो। अनुगमनमा नेपालीले जुवा खेलिरहेको भेटिए सम्बन्धित जुवाडे र क्यासिनो व्यवस्थापकलाई समेत पक्राउ गर्न थालिएको छ । पहिले जुवाडेलाई मात्र समातिन्थ्यो । जुवा खेलाउनेले भने छुट पाउँथे । यो कडाइपछि नेपालीको प्रवेश घटे पनि पूरै निमिट्यान्न भइसकेको छैन । यम बराल समातिनु यसैको उदाहरण हो ।


बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।