प्रेमीकाको अपहरण गरी ३ दिनसम्म प्रेमीद्धारा बलात्कार

३१ जेठ, एजेन्सी । भारतको कोयंबटूर शहरमा एक जना प्रेमीले आफ्नै प्रेमिकालाई ३ दिनसम्म घरमा राखेर बलात्कार गरेका छन् प्रेमीलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा राखेको छ भने पिडित युवतीलाई आवश्यक उपचारपछी उनको परिवारलाई जिम्मा लगाएको छ ।



प्रहरीले दिएको जानकारी अनुसार पिडित युवती गत ९ जुन देखि बेपत्ता भएकी थिइन् ।

छोरी हराएपछि उनको परिवारले प्रहरीमा खबर गरेको थियो । युवती हराएको उजुरी आएपछी प्रहरीले छानविन गर्ने क्रममा युवतीलाई उनकै प्रेमीको घरबाट उद्धार गरेको थियो । प्रेमीलाई पनि उनकै घरबाट पक्राउ गरी थुनामा राखेको छ ।