रातो ब्रा लगाउन नमानेपछि विवाद मा नायिका बिनिता

चलचित्र ‘राहादानी’को एक दृश्यमा नायिका बिनिता घिमिरेले ब्रा लगाउन नमानेपछि विवाद उत्पन्न भएको रहस्य खुलेको छ । चलचित्रमा समावेश एक दृश्यमा नायिकाले रातो ब्रा लगाउने सहमती गरेपनि छायांकनको समयमा भने असहमती जनाएपछि विवाद भएको हो ।



यसबारेमा निर्देशक डब्बु क्षेत्रीसँग वुझ्दा उनले रिहर्सलमा नायिकाले ब्रा नै लगाएपनि दृश्य छायांकन गर्दा नमानेको बताए । सिनेमाका लागि संझौदा गर्दा नायिका घिमिरेले लगाउने सहमती गर्दै रातो रंगको ब्रा किनेकी थिइन् । तर छायांकनको समयमा उनले ब्रा लगाउन नमानेपछि निर्देशकले नायिकालाई फोकस गर्न नसकेको बताए । दृश्यको छायांकन पश्चात नायिकाले आफूलाई कसैले मिस गाइड गरेको भन्दै सरी भनेको निर्देशक क्षेत्रीले अनलाइनखबरलाई बताए ।

‘जुन सुन्दरता र मादकता उहाँमा देखिनुपर्ने थियो, त्यो देखिएन यसैले घिमिरे जीलाई फोकस गर्न सकिएन’, निर्देशकले भने । तर अहिले नायिकाले यस बिषयमा सहमत जनाइसकेकाले पुन दृश्यको छायांकन हुनसक्ने बताइएको छ ।

‘बाल्यकालदेखिको आफ्नो प्रेमी मलेसिया जानु अघि आयोजना गरिएको पार्टीमा नायिकाले हिरोलाई सेक्सका लागि अपिल गर्नु पर्ने दृश्य थियो । यसैले नायिका घिमिरे केही उत्तेजक हाउभाउँमा प्रस्तुत हुनुपर्ने भएपनि रातो ब्रा नलगाएपछि उनको शरीरमा कुनै सुन्दरता देखिएन र फोकस नायकलाई गर्नुपर्‍यो’, निर्देशकले भने । लक्ष्मी ढकालको निर्माणमा छायांकन भइरहेको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, श्रृजना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।