उत्तराखण्डमा आफन्त हरायो ? गुगुल एपमा खोज्नुस्

८ असार, काठमाडौं । विनाशकारी बाढीका कारण भारतको उत्तराखण्डमा अहिले पनि हजारौं मानिस वेपत्ता भएका छन् भने धेरै उद्दारको पर्खाइमा छन् । नेपालबाट चारधाम तीर्थाटनका लागि गएकाहरुको केहीको उद्दार गरिएको छ भने केहीको अवस्था अज्ञात छ ।

बाढी पीडितहरको खोजीका लागि सर्च इन्जिन गूगलले ‘पर्सन फाइन्डर’ एप्लिकेशन ल्याएको छ । यो वेब आधारित एप्लिकेशन हो । जसकेा मदतले मानिसहरुले आफ्नो साथीभाई र आफन्तका बारेमा जानकारी दिन र उनीहरुको खोजी गर्न स्क्छन् ।

गूगलको यो एप्लिकेशन २०११ मा जापानमा आएको सुनामीका क्रममा मानिसहरुको खोजीका लागि निकै सफल भएको थियो । एक अनुमानका अनुसार उत्तराखण्डमा आएको बाढीका कारण अझै पनि ५० हजार विभिन्न क्षेत्रमा फसेका छन् ।

सर्च बक्समा गएर आफ्नो परिचित व्यक्तिको नाम लेखेर उनको खोजी गर्न सकिन्छ । यस टुलको माध्यमबाट सम्वन्धित व्यक्तिको नाम, उनको रुपरेखा, घरको ठेगाना र अहिलेको अवस्थाबारे जानकारी लिन सकिन्छ । यदि तपाईले कोही भेट्टाउनु भएको छ भने उनकाबारेमा यो एपमार्फत जानकारी दिन सक्नुहुनेछ ।