पाँच वटी श्रीमती बिहे गरेकाले निवेदन दिए, ' फेरि अर्को बिहे गर्न पाऊँ’

ओखलढुंगा, असार १ - महिला अधिकार र घरेलु हिंसाबाट पीडित भएकाहरूको मुद्दाले महिला तथा बालबालिका कार्यालयमा भ्याइनभ्याई हुन्छ । यहाँको कार्यालयमा भने साताअघि अनौठो निवेदन आयो । निवेदनको विषय थियो, 'महिला तथा बालबालिका अधिकृतज्यू अर्को बिहे गर्न पाऊँ ।'



अझ रोचक विषय त के हो भने उक्त निवेदन दिने व्यक्ति पाँच वटी श्रीमती बिहे गरेको काण्डमा परेर वर्ष दिनअघि मात्र प्रहरीको फन्दामा परेका थिए । स्थानीय बरुणेश्वर ६ का विनोज कार्कीले पाँच वटी श्रीमती मागी विवाह गरेका

थिए । एकले आफ्नो अर्को पनि सौता भएको वर्ष दिनअघि विनोजकी कान्छी श्रीमती सोलुकी कुमारी बस्नेत भित्र्याएपछि सबैलाई थाहा भएको थियो । सोही काण्ड अदालतसम्म पुगेपछि उनकी कान्छी श्रीमतीले सम्बन्ध विच्छेद गरिन् भने बाँकी चारले अदालतको आदेशमा प्रतिश्रीमती ७५ हजार रुपैयाँ बुझेर आफूखुसी बसे ।

अवकाश प्राप्त नेपाली सेनाका विनोजको साथमा अहिले कुनै श्रीमती नभएपछि महिला तथा बालबालिका कार्यालयमा उनले निवेदन लिएर आएको बताए । सुरुमा बहुविवाहको मुद्दा पनि महिला तथा बालबालिका कार्यालयमै परेका कारण यही निकायले समस्या समाधान गर्ने आशामा आएको विनोजलाई उद्धृत गर्दै अधिकृत सत्यदेवी अधिकारीले भनिन् । 'निवेदन लिएर आइपुगेका थिए । तर मैले निर्णय दिने कानुनी प्रावधान नभएकाले दर्ता गरिनँ ।' अधिकृत अधिकारीले भनिन्, 'सरकारी वकिलसँग परामर्श लिँदा उनले बिहे गर्ने निर्णय उनकै भएको र कसैबाट सिफारिस लिइराख्नु नपर्ने भनेपछि त्यही सल्लाह दिएर पठाएँ ।'

सेनाका हवल्दार पदबाट दुई वर्षअघि अवकाश विनोजले यहाँको च्यानम ७ की सुमित्रा कार्कीलाई ०५२ सालमा मागी विवाह गरेका थिए । सुमित्रापट्टकिा १ छोरा र १ छोरी छन् । घरमा खटपट भएपछि विनोजकी आमा गोमा कार्की र विनोज आफैंले मागेर माली ६ दोलखाकी सरिता कार्कीसित ०६० सालमा विवाह गरे । सरिताबाट २ छोरी छन् । त्यसको केही समयपछि सरिता माइतीमै रहेका बेला विनोज आफैंले मागेर ०६४ मा काठमाडौं अनामनगरकी मैया कार्कीलाई विवाह गरे । मैयातर्फका १ छोरा छन् । विवाहको केही वर्षपछि मैया पनि माइतीमै बस्न थालिन् ।