बोक्सीको आरोपमा महिलाद्वारा दुई महिलाको हत्या!!
राइपुर (भारत),भारतको पूर्वी राज्य झारखण्डमा बोक्सीको आरोपमा त्यहीँका गाउँलेले दुई महिलाको हत्या गरेका छन् ।
उनीहरुले बोक्सीको तन्त्रमन्त्र गरेको भन्ने आरोप लगाई उनीहरुलाई बिहीबार राति हत्या गरेका बताइएको छ । मारिने सासु बुहारी रहेका पनि समाचारमा उल्लेख छ ।
हत्यामा महिलाकै संलग्नता रहेको छ । उनीहरुले हालैमात्र सो क्षेत्रमा बिरामी भएर केही बालबालिकाको मृत्यु भएकाले त्यसमा ती सासु बुहारीको हात रहेको आरोप लगाएका थिए ।
उनीहरुले रातिको समयमा आई ती सासु बुहारीलाई पिटेका थिए । हातैमा लिएर आएका लौराले ती महिलालाई पिटेका बताइएको छ ।
सोही पिटाइबाटै उनीहरुको हिजो राति नै ज्यान गएको प्रहरीले बताएको छ । प्रहरीले सो हत्यामा संलग्न महिलालाई नियन्त्रणमा लिएको बताएको छ । झारखण्डको कारोण्डा जोर भन्ने गाउँमा सो हत्या काण्ड भएको थियो । प्रहरीले मृतकका परिवारका उजुरीका आधारमा सो गाउँका १९ जना गाउँलेलाई पक्राउ गरेको बताएको छ ।
हालैमात्र बितेको पाँच वर्षमा असाम र गुवाहाटीमा मात्र कम्तीमा पनि २०० जनालाई बोक्सीको आरोपमा हत्या गरिएको समाचार सार्वजनिक गरिएको थियो ।
भारतका विशेषगरी पश्चिमी र उत्तर पश्चिीमी क्षेत्र असाम र गुवाहाटीमा यस्तो घटना बढी मात्रामा हुने गर्दछन् । यसै हप्ता मात्र पनि गत शनिबार बोक्सीको आरोपमा असाममा एक महिलाको सोही आरोपमा हत्या भएको थियो ।
भारतमा बोक्सीको आरोपमा बर्सेनि कयौँ महिलाको हत्या हुने गर्दछ । प्रहरीका अनुसार पाँच वर्षयता गुवाहाटी र असाममा मात्र कम्तीमा पनि दुई सयजनाको हत्या भइसकेको छ । रासस/एएफपी