पिताको निधन भएपछि स्तब्ध प्रियंका

जीवनको सम्पूर्ण सफलताको श्रेय नायिका प्रियंका चोपडाले आफ्नो पितालाई दिने गर्छिन् । सिनेमाको कुनै हिरो भन्दा कम थिएनन् उनका लागि पिता अशोक चोपडा । तर सोमबार बिहानै क्यान्सरका कारण प्रियंकाको पिता अशोकको निधन भएको छ ।



यसले नायिका प्रियंका चोपडा निक्कै चिन्तित र स्तब्ध भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।क्यान्सरबाट पिडित अशोकलाई एक साता देखि अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान कोकिलाबेन अस्पतालमा निधन भएको हो । आफ्नो पिताको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि प्रियंका सिनेमाको छायांकन रोकेर अस्पतालमै बसेकी थिइन् । पिता अशोकलाई रोगले च्यापेपछि प्रियंकानिक्कै चिन्तित देखिएकी थिइन् ।