रञ्जित रे नेपालका लागि भारतीय राजदूत
बैशाख ५
भारतीय राजदूत जयन्त प्रसादको कार्यकाल सकिएपछि उहाँको स्थानमा नेपालसम्बन्धी जानकार कूटनीतिज्ञ रञ्जित रे नेपाल आउने निश्चित भएको छ । सन् २००२ देखि चार वर्ष भारतीय विदेश मन्त्रालय स्थित नेपाल, भुटान डेस्कको नेतृत्व सम्हालिसकेका ५६ वर्षीय रे को चयनबारे आधिकारिक घोषणा हुन बाँकी रहे पनि अनौपचारिक रुपमा त्यससम्बन्धमा पक्कापक्की भइसकेको जानकारी भारत सरकार निकट श्रोतले दिएको छ ।
२०११ जुन २२ मा राजदूत नियुक्त भएका प्रसादको दुईवर्षे कार्यकाल सकिन करिब साढे दुई महिना बाँकी छ । सन् १९८० मा भारतीय विदेश सेवामा प्रवेश गरेका रे जुन २०१० देखि भियतनाममा राजदूत हुनुहु्न्छ । त्यसअघि चार वर्ष उहाँ हंगेरीका लागि राजदूत रहनुभएको थियो । त्यसै अवधिमा बोस्निया र हर्गगोभिनाका लागि पनि राजदूतको जिम्मेवारी पाएका उनले करिब एक वर्ष स्लोभानिया सम्बन्धी मामिलासमेत हेरेका थिए ।
यी मुलुकहरुमा राजदूत हुनुअघि उनी अक्टोबर २००२ देखि जनवरी २००६ सम्म नेपाल, भुटान मामिला हेर्ने नर्थन डेस्कमा कार्यरत थिए । हाल भियतनाममा रहेका रेको चयनलाई चिनियाँ कोणबाट पनि यहाँ हेरिएको छ । नेपालसहितका छिमेकमा चिनियाँ प्रभाव बढ्दै गएको भन्ने खालका चिन्ता प्रकट गर्दै आएको नयाँ दिल्लीले भियतनाममा रहेर चीनलाई नजिकबाट नियालेका रेलाई चयन गर्नु अर्थपूर्ण रहेको श्रोतको टिप्पणी छ ।