२ घन्टा कुरेपछि ‘कट’ नै नभनी नरिबल फोडे कांग्रेसका नेताले
सधै राजनीतिक कार्यक्रम र भाषणमा रमाउने गरेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शनिबार फरक अनुभुती गरे ।
चलचित्र ‘विन्दास २’ को शुभमुहुर्त कार्यक्रमका लागि काठमाण्डौको भद्रकाली मन्दिरमा पुगेका केसीले करिब २ घन्टा कुर्नु पर्यो ।कार्यक्रमका लागि २ घन्टा कुरेका केसीले मुहुर्त सर्टमा पनि रमाइलो गरेका थिए । चलचित्रको मुहुर्त सर्टमा कलाकारले संवाद बोलेपछि ‘कट’ भनेलगतै नरिबल फोड्ने गरिन्छ ।

तर कसैले जानकारी नदिएकाले पनि अर्जुनले निर्देशक समाजका अध्यक्ष दिनेश डीसीले क्ल्याप हाने लगतै नरिबल फोडिदिएका थिए । उनले नरिबल फोडेपछि मात्र कलाकारले संवाद बोलेका थिए भने चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले ‘कट’ बोलेका थिए ।
राजु गिरीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, सुशान्त कार्की, अनिशा गुरुङ, आरती लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छायांकन मुहुर्त सँगै सुरु भएको छ ।युवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनीको बिषयलाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रको छायांकन काठमाण्डौ, मुडे लगायतका क्षेत्रमा गरिनेछ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत रहने छ । यसअघि ‘विन्दास’ सफल भएपछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल बनाउन लागेका हुन् ।