भाइले दाजुको हत्या गरे
२० जेठ, इलाम । इलामको पञ्चकन्यामा गएराति आफ्नै भाइले दाजुलाई हँसिया प्रहार गरी हत्या गरेका छन् । मादक पदार्थ सेवन गरी पञ्चकन्या-८ का ५९ वर्षीय वीरेन्द्र राईले ६५ वर्षीय दाजु रत्न राईलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
हँसिया प्रहार गरेपछि गम्भीर घाइते भएका रत्नको उपचारका लागि फिक्कलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त वीरेन्द्रलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस