कार्यक्रममा पनि फेसबुक आतंक, ‘हेलचक्राई कि वाध्यता’ ?(फोटो फिचरसहित)

कुनै पनि चलचित्रको सार्वजनिक कार्यक्रममा हिजोआज चलचित्रकर्मीहरु मोबाइलमा झुम्मिरहेको देख्न सकिन्छ । आफ्नो बोल्ने पालोमा लामो भाषण गर्न माहिर मानिएका धेरैजसो चलचित्रकर्मी अतिथीको कुर्सीमा बसेर मोबाइलमा एकहोरो टहलिन्छन् ।



आफ्नो कुरा भनेपछि अरुको कुरा सुन्नु पर्दैन भन्ने सोचाई धेरैको छ । यसैले पनि होला धेरै जना अतिथी बनेका चलचित्रकर्मीहरु मोबाइलमा फेसबुक खोलेर च्याट गर्नमा नै व्यस्त देखिन्छन् ।



अतिथी बनेर लामो भाषण गर्दा आफ्नो कुरा सुनिरहेका पत्रकार तथा अन्य चलचित्रकर्मीलाई कती सम्म दिक्क लाग्छ भन्ने उनीहरुले वुझेका हुदैनन् । तर अतिथीको कुर्सीमा बसेर मोबाइलमा झुम्मिदा धेरै चलचित्रकर्मीले आफू किन र के का लागि अथिती बनिरहेको छु नै भन्ने बिर्सिएको तर्क धेरैको छ ।



तर केही चलचित्रकर्मी भने नेपाली सिनेमाको कार्यक्रम लामो र पट्यारलाग्दो हुन थालेकाले पनि फेसबुकको साहारा लिनु परेको तर्क गर्छन् । हुनत, पछिल्लो समय सिनेमाको पत्रकार सम्मेलन या एल्बम बिमोचन या फष्ट लुक सार्वजनिक कार्यक्रम नै किन नहोस्, निक्कै पट्यारलाग्दो हुन थालेका छन् । यसैले पनि अतिथीहरु मोबाइलमा झेलिनु परेको तर्क केहीको छ । तर पनि अतिथीको कुर्सीमा बसेर मोबाइलमा तल्लिन हुनु, आफैमा राम्रो नभएको तर्क चलचित्रकर्मी तथा पत्रकारहरु गर्छन् ।