४७ लाखसहित दुई पक्राउ

रौतहट, जेष्ठ २७ - सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटको टोलीले चेकजाँचको क्रममा आइतबार साँझ एक एक भारतीय नागरिकसहित दुईलाई पक्रेको छ । शसस्त्रले उनीहरुको साथबाट झण्डै ४७ लाख रकम बरामद गरेको छ ।



शसस्त्रको टोलीले गौर नपा-१ मा भारतको बैरगनियाबाट नेपाल आउादै गरेका बिजयकुमार कुशबाहा र भारतको बैरगनिया-४ का ओम प्रकाश चौधरीलाई भारतीय ५ लाख र नेपाली ३८ लाख ८२ हजार ४ सय रकम सहित पक्राउ गरीएको शसस्त्र प्रहरीका एसपी प्रेमराज पोख्रेलले जानकारी दिए ।

दुवै बीआर ३० ई ७६९१ नम्बरको कालो रङ्गको मोटरसाईकल चढेर भारतबाट रौतहट आउादै गर्दा पक्राउ परेका हुन । पक्राउ परेका दुवैको आबश्यक अनुसन्धान भईरहेको शसस्त्र प्रहरीले जनाएको छ ।