मुम्बइमा नाँच्दै विराजले भने, ‘चाडै नेपाली सिनेमा बनाउछु’

नेपाली सिनेमामा भन्दा भोजपुरीमा कमाई राम्रो भएपछि उतै हराएका नायक विराज भट्ट पछिल्लो समय व्यस्त छन् । उनले अभिनय गरेका भोजपुरी सिनेमाले बजारमा राम्रो कमाई गरेपछि उनको माग पनि बढेको छ । यसैले पनि दर्शकले विराज भट्टको नेपाली सिनेमा हेर्न पाएका छैनन् ।



भोजपुरी सिनेमामा व्यस्त हुन थालेका विराज मुम्बइमा आयोजना गरिएका विभिन्न कार्यक्रममा पनि सहभागी हुन थालेका छन् । हालै मात्र उनलाई जनचेतना सरोकार मञ्चले आयोजना गरेको एक सांकृतिक कार्यक्रममा दर्शकले देख्न पाएका छन् ।

नेपाली सांकृतिक कार्यक्रममा विराजले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । उनले आफू अभिनित विभिन्न नेपाली चलचित्रका गीतमा नृत्य गर्दा दर्शकले ताली बजाएर स्वागत गरेका थिए । उनले चाडै नेपाली सिनेमा बनाउने योजना पनि सुनाएका थिए । कार्यक्रममा कलाकार पुष्कर भट्ट, ह्याप्पी अर्याल, शोभा राण, सीतल सोनी, गायक अनुप रिजा, मोडल प्रकाश बीसीले पनि आफ्नो प्रस्तुती राखेका थिए ।